🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सरकारी गाडी लिएर पूर्वराज्यमन्त्री रेशम लामा फरार !

काठमाडौं, चैत्र १४ \\  सामान्य प्रशासन मन्त्रालयका राज्यमन्त्री वोङ्दी शेर्पाले सरकारी गाडी बुझाएका छन्।

“सरकारी गाडी लिएर पूर्वराज्यमन्त्री फरार भए। प्रहरीले धुईंपत्ताल खोज्दै”  भनेर ३ हप्ताअघि sanghunews.com ले समाचार प्रकाशित गरेको थियो।

“सामान्य प्रशासन मन्त्रालयका पूर्वराज्यमन्त्रीले सरकारी गाडी फिर्ता नगरेको बिषयमा मेडियाले समाचार बनायो। तर, पूर्वउद्योग राज्यमन्त्री रेशम लामाले सरकारी गाडी फिर्ता नगरेको बिषयमा कुनै मेडियाले समाचार नबनाएकोले होला रेशम लामाले अनधिकृत तवरबाट सरकारी गाडी कब्जा गरी हाम्रै अगाडी घुमिरहेका छन्”,  उद्योग मन्त्रालयका उच्च अधिकृतले भने।

उद्योग मन्त्रालय स्रोतका अनुसार लामाले उद्योग मन्त्रालयको बा २ झ ११४१ नम्बरको टोयोटा जिप अनधिकृत तवरबाट प्रयोग गरिरहेका छन्।

“उक्त गाडी तानिदिन उद्योग मन्त्रालयले गृह मन्त्रालयलाई चिठी लेखेको थियो । गृह मन्त्रालयले उक्त गाडी जफत गरी ल्याइदिन ट्राफिक प्रहरीलाई लेखेको हो। तर ट्राफिक प्रहरीले वास्ता नगरेको कारणले उक्त गाडी फिर्ता ल्याउन सकिएको छैन।” उद्योग मन्त्रालयका अधिकृतले भने।

“उक्त गाडी लोकन्थली र काठमाडौं ओहोरदोहोर गरिरहेको हामी सबैले देख्छौं, प्रहरीलाइ खबर पनि गर्छौं, तर प्रहरीले मतलबै गर्दैन।”  उद्योग मन्त्रालयका अधिकृतले भने।