🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग रु ४० हजार ५०० घुस माग गरेको अभियोगमा सवइञ्जिनीयर नवलेशकुमार रौनियारलाई पक्राउ गरेको छ । 

कास्कीको मादी गाउँपलिका–९ का सेवाग्राहीसँग जिल्ला आयोजना कार्यान्वयन एकाइ कास्कीबाट खटिएका सवइञ्जिनीयर रौनियारलाई पक्राउ गरेको हो । आयोजना कार्यान्वयन इकाइ कास्कीबाट प्राप्त भएको पत्रका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले रौनियारलाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै हुलाक बचत बैंकको रकम हिनामिना गरेको अभियोगमा जिल्ला हुलाक कार्यालय बझाङका कार्यालय प्रमुख रणबहादुर कठायत र सोही कार्यालयका खरिदार रहेका शिवाराज उपाध्यायविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सार्वजनिक कोषको संरक्षण गर्नुपर्ने दायित्वविपरीत उनीहरुले रु दुई करोड ९४ लाख ८९ हजार ९७१ बराबरको दुरुपयोग गरेको पाइएको आयोगले जनाएको छ । आयोगले उनीहरुविरुद्ध बिगो असुल गरी कैद सजायको समेत माग गरी विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो।रासस