धनगढी, ८ साउन । कैलालीमा वन मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन् ।
जिल्लाको जानकी गाउँपालिका–९ का २५ वर्षीय राजु चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। चौधरीलाई २०७२ मंसिर २८ गते १८ हजार ४४० रुपैयाँ जरीवाना तोकेको थियो ।
उनलाई सोमवार उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।



