🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यी हुन् सेनाका डाक्टरहरूको कथा–व्यथा !  

 

हाम्रा केही गुनासाहरु पठाएका छौं । कृपया स्थान दिएर सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिहरूको ध्यानाकर्षणका लागि सहयोग गरिदिनुहुनेछ भन्ने अपेक्षा पनि गरेका छौं । 

 

 हालै एउटा राष्ट्रिय दैनिकमा नेपाली सेनाका बारेमा प्रकाशित दुःख लाग्दो समाचार पढियो । ‘नेपाली सेनामा राजीनामा दिने बढे’ भन्ने दुखद खबर प्रकाशित भयो । जुन शतप्रतिशत सत्य पनि थियो । सेनामा हालका प्रधानसेनापति पूर्णचन्द्र थापाको नियुक्ति पछि विकृति, विसंगतिविरुद्ध, भ्रष्टाचार निर्मूललगायत  पारदर्शीको नाममा चालिएका कतिपय कदम सह्रानीय नै छन् । तर, कैयौं विषयमा भने  प्रकाशित लेखमा भने जस्तै सेनाभित्र व्यापक असन्तुष्टि पनि छाएकैछ ।

 

थापा चीफ सा’ब सीमित सल्लाहाकारको भरमा पर्दा कतिपय निर्णयहरूले धेरैलाई रुष्ट पारेको छ । हाल अनियमितताको निरीक्षण गर्ने भनेर ‘‘हामी चीफसा’बको विशेष टोली’ भन्दै गण, गुल्म र प्रितनामा धम्क्याउँदै हिंड्नेले नै सेना र प्रधानसेनापतिको नाम बद्नाम गरिरहेका छन् । बुझ्न पर्ने कुरा के छ भने यी टोली पनि दूधले नुहाए्का पक्कै हैैनन, कुनै बेला भ्रष्टाचार र अनिमियतताका खेलाडी भनेर चर्चित थिए । आज तिनै प्रधानसेनापतिको विश्वास पात्र बनेर गर्जिदा अधिकांश अधिकृतहरू अवाक्क छन् । हाल राजीनामा दिनेको लर्को मात्र हैन सेनामा क्याडेट भर्ना हुन आउनेको संख्यामा पनि निकै नै ह्रास आउन थालेको छ । 

 

 प्राविधिकको उच्च अधिकारीहरूलाई विश्वास नगरी इन्फ्यान्ट्रीको कमाण्ड लाद्ने प्रवृत्तिले सम्पूर्ण प्राविधिक वर्ग धेरै नै रुष्ट रहेको पाइन्छन् । प्राविधिकको गुनासो छ–हाम्रो क्षेत्रमा व्यापक हस्तक्षेप भएको छ । केही प्राविधिक साथीसंग कुराकानी गर्दा लाग्छ उनीहरू झनै पीडित छन् । ‘पहिले प्रोमोशनको नाममा सीसीएससी  लगाइयो, त्यसपछि महासेनानीबाट सहायक रथी हुन हायर कमाण्ड । अब फेरि प्रमुख सेनानीबाट महासेनानीे हुन स्टाफ कलेज नियम लगाउने  तयारी हुँदैछ रे †’’  त्यस्तै प्राविधिक बेसिक पनि एक वर्ष बनाउने योजना पनि  तिनै विशेष सल्लाहाकारले बनाउदैछन्  रे । 

 

प्राविधिक क्षेत्रका वृत्ति विकासलाई चाहिने आफ्नै तालिमहरू हुन्छन् र उनीहरूलाई अनावश्यक इन्फ्यान्ट्रीका तालिम लादिनु हुँदैन । पहिला सिपाही तालिमको नाममा जुन किसिमले एउटा सहायक रथीदेखि सिपाहीसम्मलाई चौरमा राखेर घण्टौ अनावश्यक मानसिक यातना दिइयो । यसले भविष्यमा नकारात्मक असर पार्ने निश्चित नै छ ।

 

 एउटा व्यक्तिको आत्मसम्मान भन्दा ठूलो कुरा केही पनि हुँदैन । “सेनाको जागिरमा पैसा कम भए पनि इज्जत छ, अन्य सुविधाहरू छन्’’ भनेर आइयो, आज यो हविगत छ । भएका सुविधाहरू पनि भटाभट काटिदैछन् भने अनावश्यक मानसिक तनाव मात्र बढेको छ । महासेनानी, सहायक रथी भएर पनि  मेडिकल अफिसर सरह नाइट ड्युटीमा खटिनु परेको  छ । सैनिक कल्याणकारीले खोलेको मेडिकल कलेजमा विद्यार्थीहरू हाम्रै नाम विकाएर भर्ना लिन्छन् अनि  करोडौं आम्दानी पनि गरिन्छ ।

 

‘‘हामीले भत्ताको नाममा न्यून पारिश्रमिक लिन पनि भीख माग्नु जस्तै अवस्था रहेको छ । सेनाको व्यवस्थापनले सक्ने भए चिकित्सकहरू सबै सिभिलबाट नियुक्त गरेर सेनाको मेडिकल कलेज चलाए हुन्छ ।’’ एकजना पीडित सैनिक चिकित्सक मित्रले गुनासो गरे । हुन पनि नेपाली सेनाको तलब स्केल भनेको प्राविधिक र इन्फ्याण्ट्रीका लागि  बराबर छ । एउटा डक्टर तयार गर्दा लाग्ने लगानी र एउटा इन्फ्याण्ट्री अधिकृत तयार गर्दा लाग्ने लगानीमा आकास जमिनको अन्तर छ । हालको दरबन्दी रक्षा अन्तर्गतको बहालवाला उपचार गर्ने भनेर बनाइएको संरचनामा आधारित छ ।

 

हाल यही दरबन्दीले नै सैनिक कल्याणकारी अन्तर्गतको परिवारलाई  उपचार गर्नुपर्ने मात्र नभई, नेपालगञ्ज, पोखरा र इटहरीमा खोलेको सैनिक कल्याणकारीको अस्पतालमा समेत खटिनु पर्ने अवस्था छ । साथै यूएन अन्तर्गतका विभिन्न अस्पतालमा समेत डाक्टर, नर्स खटाउने पर्ने अवस्था छ । हाल  सेनाको अस्पताल वास्तव मै नाजुक अवस्थामा चलिरहेको देखिन्छ । फेरि यिनै चिकित्सकलाई मेडिकल कलेजका एमबीबीएस मात्र नभई एमडीका  विद्यार्थीलाई समेत पढाउने जिम्मेवारी दिइएको छ ।

 

सैनिक कल्याणकारीका तर्फबाट लिइएको सीमित चिकित्सकहरू प्राय यसै अस्पतालका अवकास प्राप्त बुढाखाडाहरूछन् । यी बुढाखाडाहरू चाहिं लाखौ रुपियाँ तलब लिने तर हप्ताको केही घण्टामात्र आए जस्तो गर्छन् भन्ने गुनासो बारम्बार  सुनिने गरेको छ । उनीहरू विरामीको उपचारमा एकरत्ति पनि संलग्न हुँदैनन् र विद्यार्थीको कक्षा मात्र लिन आग्रह गर्दा पनि  अनेक बहाना बनाउने गर्दछन् । यिनीहरूलाई सेनाको माथिल्लो तहबाट नै संरक्षण भए जस्तो महसुस हुन्छ । 
अर्को बेथिति चाहिं यहाँको कमाण्ड कण्ट्रोलको रहेको छ । 

 

हाल इन्फ्याण्ट्रीको जर्नेल ल्याएपछि अस्पतालको कमाण्डड्यान्टको प्राय सबै अधिकार कटौती भएको छ । आन्तरिक रकम कलम निकासादेखि लिएर सरुवा बढुवामा समेत प्रत्यक्ष असर परेको छ । व्यक्तिगत झगडाको निहुँ निकालेर सहायकरथी अरुण न्यौपाने र सहायक रथी देवेन्द्र खत्री विवादमा तानिएका छन् । एउटै विवादको विषयमा पनि इन्फ्याण्ट्रीबाट डा. न्यौपानेलाई कमाण्डड्यान्टबाट निलम्बन गराइयो भने डा. खत्री चाहिं अझै पनि प्रिन्सिपल भएर काम गरिरहेका छन् । हाल नागरिकता विवादमा समेत परेका डा. न्यौपानेको जागिर थामिने सम्भाबना भने कमै देखिन्छ । 

 

 यस अवस्थामा सोझै फाइदा स.र. डा. खत्रीलाई दुई तारे जर्नेल बन्ने अवसर जुरेको छ । तर, जर्नेलहरूबीचको व्यक्तिगत र एउटा सानो  कलहलाई यसरी अतिरन्जित हिसावले पेस गरेको र पुरै संस्थाको अपमान हुने काम गरिएको छ । आफ्नो बेसिकका साथीहरू उच्च पदमा भएको फाइदा डा. खत्रीले लिएको भनेर अस्पतालभित्रै उनको विरोध हुन थालेको छ । यस्तो व्यक्ति भोलि नेतृत्ववर्गमा पुग्दा जुनियरले के अपेक्षा राख्ने भनेर प्रश्न समेत गर्न थालिएको छ । यसरी सेनामा कार्यरत कतिपय  डाक्टरहरू पलायनको बाटो रोज्न बाध्य भएका छन् । हालै मात्र डा. जोशीको राजीनामा पछि अर्का  वरिष्ट न्युरो सर्जन डा. बास्कोटाको राजीनामा भने चीफ सा’बको व्यक्तिगत निर्णयले रोकिएको भन्ने सुनेका छौं । 

 

 सुनिन्छ, सैनिक अस्पतालमा न्युरोसर्जन अभाव हुन्छ भनी उनको राजीनामा रोकियो तर हाल उनै डाक्टरलाई पेल्ने नीतिले लिबियामा जबर्जस्ती पठाइँदैछ रे भन्ने पनि सुन्दैछौं । जहाँ उनको विशेषयज्ञताको कुनै कामै छैन । व्यक्तिगतरुपले निर्णय गरेर कसैले घरायसी सन्धिसर्पन देखाई पेस गरेको राजीनामा नेपाली सेनाको नेतृत्वले रोक्नु कति जायज या कानून संगत छ यो आफैंमा बहसको विषय हुन गएको छ । अर्कोतर्फ नेतृत्ववर्गबाट  सेनाको प्राविधिक निकायमा बढ्दो चरम असन्तुष्टिको समयमै अध्ययन अनुसन्धान गरिएन भने भविष्यमा विकराल स्थिति निम्त्याउने खतरा पनि उत्तिकै देख्न्छि  । विवेकी चीफ सा’ब पूर्णचन्द्र थापाको जो मर्जी !     –नेपाली सेनाको भलो चाहने प्राविधिक अधिकृतहरू