🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ऋण नतिरेपछि भैरवकुण्ड हाइड्रोपावर लिलामीमा

काठमाडौं । सिन्धुपाल्चोकमा आयोजना स्थल रहेको एक जलविद्युत् आयोजना लिलामीमा पर्ने भएको छ । आयोजनाका लागि लिइएको ऋण तिर्न अटेर गरेको भन्दै बैंकले लिलामीको सूचना निकालेको हो । 

    आयोजनामा कूल रु ४० करोड लगानी गरेका बैंकले आज एक सार्वजनिक सूचना प्रकाशित गरी आयोजना लिलामी गर्ने जानकारी दिएका छन् । सञ्चालकको विवादका कारण बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि भैरवकुण्ड हाइड्रोपावर लिमिटेड लिलामी हुने भएको जनाइएको छ । 

    सो आयोजनालाई सानिमा बैंकको नेतृत्वमा बैंक अफ कमाठमाडौँ, एनएमबी बैंक, एनआइसी एशिया बैंक, मञ्जुश्री फाइनान्स र ग्लोबल आइएमई बैंकले ऋण लगानी गरेका छन् । पटकपटक ऋण तिर्न ताकेता गर्दा आयोजनाका कुनै पनि प्रवद्र्धक सम्पर्कमा नआएपछि लिलामी गर्न लागिएको सूचनामा उल्लेख छ । 

    यसअघि गत पुस  १६ गते ती बैंकले सूचना प्रकाशित गरी ३५ दिनभित्र ऋण तिर्न आउन आग्रह गरेका थिए । सो आग्रहलाई अस्वीकार गरेको भन्दै बैंकले आज पुनःसूचनामार्फत आगामी १५ दिनभित्र आयोजना लिलामी गर्ने बताएका हुन् । 

    सिन्धुपाल्चोकको लार्चामा सञ्चालनमा रहेको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडले तीन मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । जुरेको पहिरो, भूकम्प, हेडवक्र्समा आएको पहिरो र भोटेकोशीको बाढीले क्षति पुगेको परियोजना पुनःनिर्माण सम्पन्न गरेर पुनःसञ्चालनमा आएको थियो ।

    कर्जाको सुरक्षणका लागि बैंकमा धितो रहेको परियोजनालगायत चलअचल सम्पत्ति लिलामी हुने सूचनामा उल्लेख  छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कम्पनी रजिष्ट्रारको कार्यालयमा सो कम्पनी २०५९÷६० मा दर्ता भएको देखिन्छ । 

    
    बैंकबाट ऋण लिँदा कम्पनीले सिन्धुपाल्चोकको साविक तातोपानी गाविसका विभिन्न कित्ता जग्गा र सो जग्गाको तीन मेगावाट क्षमताको आयोजना, सम्पूर्ण घर तथा टहरा, उपकरण, मेशिनरी तथा चलअचल सम्पत्ति धितो राखेको छ । बैंकले सो आयोजना २३ जना सञ्चालकलाई कालोसूचीमा राखिने जनाएको छ । प्राकृतिक विपदका कारण समस्यामा परेको सो आयोजनाबाट उत्पादित विद्युत् ३४ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको लामोसाँघु सबस्टेसनमा जोडिएको छ । रासस