🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एन आई सी एशिया बैंकद्वारा ए.पी.एफ.क्लबलाई पुरस्कार 

काठमाडौं । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आईरहेको एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरीको १९ औं स्थापना दिवस(२०७६ माघ ९ गते) को उपलक्ष्यमा नेपाल ए.पी.एफ.क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६ मा सहभागी भई विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप रु. ९,९५,०००÷– बराबरको रकम बैंकले प्रदान गरेको छ । 

उक्त सहयोग स्वरुपको चेक एन आई सी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले ए.पी.एफ.क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसी राम दाहाललाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रम सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनालको प्रमुख अतिथ्यता रहेको थियो ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४३० एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४७ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हुन सफल भएको छ । २१ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको सो बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकले दावी गर्दै आएको छ । 

 बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि मूल नारा सहित सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करीब रु ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई सकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको नायव प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डे(प्रमुख सूचना अधिकारी) बताएका छन् ।