🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ट्यांकरले ठक्करदिँदा साइकलयात्रीको मृत्यु  

सुरुङ्गा, २ माघ : पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल ०८ ए ७८३० को पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरले ठक्कर दिँदा झापामा आज एक व्यक्तिको मृत्यु भएको छ । मृतकको नाम थर बतन भने खुल्न सकेको छैन ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साइकललाई ट्यांकरले पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–४ कोटिहोम सडकखण्डमा ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका लागि ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।  रासस