🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनाका उपरथी ताराध्वज पाण्डेको बढुवा सिफारिस सूचना विवादमा

काठमाडौँ । नेपाली सेनाले भावी रथीको बढुवाका लागि हतार हतारमा प्रकाशित गरेको बढुवा सम्बन्धी सूचनाका बारेमा सेनाभित्रै प्रश्न उठेको सैनिक स्रोत बताउछ ।

स्रोतका अनुसार, हाल बहाल नै रहेका वर्तमान रथी सरोज प्रताप राणाको अवकास २०८० कात्तिक १२ गते हुने हो । तर, रथी राणा अवकास हुनु १४ दिन अघि २०८० असोज २९ गते नै बढुवा सिफारिसको सूचना हतारमा प्रकाशित गर्न किन प्रधानसेनापति प्रभुराम शर्माले आदेश दिए भन्ने प्रश्न सेनाका रथीवृन्दहरुले उठाएको चर्चा चलेको छ ?  

 २०८० कात्तिक १२ गते अघि पद नै खाली नभईकन नेपाली सेनाको रथी पदको बढुवा सिफारिसको सात दिने सूचना हतारमा प्रकाशित गर्न किन प्रधानसेनापति प्रभुराम शर्माले आदेश दिए ? सेनाभित्र यस्तै प्रश्न, चर्चा रहेकाे छ ।

स्मरण रहोस्, रथीमा बढुवाका लागि उपरथीद्वय ताराध्वज पाण्डे र अशोक सिग्देलको प्रतिस्पर्धा रहेको छ ।

वरिष्ठ उपरथी मध्ये सरकारले कसलाई बढुवा गर्छ त्यो व्यक्ति नै नेपाली सेनाको २०८१ भदौ २४ गतेबाट नेपाल गणराज्यको ४५औं प्रधानसेनापति बन्ने सम्भावना रहेको छ ।