🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रभावकारी बन्दै महानगरीय ट्राफिककाे उज्यालो  ट्राफिक अभियान

माघ २, काठमाडौँ । ‘समुदाय-प्रहरी साझेदारी’ अन्तर्गत रहेर सडक प्रयोगकर्ता, पैदल यात्री, चालक/सहचालक, स्कुल/कलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखावाट ३ महिने विशेष ट्राफिक उज्यालो अभियानमार्फत पुस महिनामा ४१ हजार ७ सय ३५ जनालाई सचेतना प्रदान गरिएको छ । 

जसमध्ये पुस महिनामा मात्रै सार्वजनिक भाडाका सवारी चालक र सहचालक ५,६४६ जना, ट्याक्सी चालक १६४४ जना, मोटरसाइकल चालक ९०७५ जना, सरकारी चालक ५७ जना, पैदलयात्री २१,३७६ जना, संघसंस्थाका चालक ७१७ जना र विद्यार्थी ३,२२०जना  गरी जम्मा ४१,७३५ जनालाई सचेतना प्रदान गरिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उनले भने – ‘यस अभियान दैनिक रूपमा महाशाखा र मातहतका ४० कार्यालयहरूबाट ट्राफिक नियम र सडक अनुशासनबारे पर्चा पम्प्लेट, स्टिँकर वितरण र श्रव्यदृष्य प्रदर्शनी गरी सचेतना दिएको, सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा र स्कूल/कलेजका विद्यार्थीलाई विद्यालयमै गएर सचेतना कक्षा लिने गरिएको छ ।’

त्यस्तै, ट्राफिक उज्यालो अभियानको सचेतनापश्चात सडक प्रयोगकर्ताहरुमा ट्राफिक नियम सम्बन्धी जिम्मेवारी बोध गराउन र कानुन कार्यान्वयनका लागि विशेष मोवाईल चेकिङ तथा कारवाही  अभियान अन्तर्गत सडक तथा फुटपाथमा जथाभावी पार्किङ  गर्ने ५८१७, जथाभाबी हर्न बजाउने १५६१, मा.प.से. सेवन गरी सवारी चलाउने २७८४, लेन अनुशासन पालना नगर्ने ३०४१, जथाभावी पिक एण्ड ड्रप गर्ने २०४२, बढी भाडा लिने ८२९ लगायत अन्य ट्राफिक नियम उल्लघंन गर्ने  जम्मा ५४ हजार ५ सय ११ सवारी चालकहरू कारबाहीमा परेका छन् ।

‘ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पैदलयात्री सुरक्षा अभियानमा भने जथाभावी बाटो काट्ने १६१० जना पैदलयात्रीलाई  तत्काल सोही स्थानमा २० मिनेटको सचेतना कक्षा समेत दिईएको छ ।

ट्राफिक सचेतना अवधारणालाई आम नागरिकसम्म पुर्याचउने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा थप सुधार ल्याउने उद्देश्यले यी अभियानहरू शुरु गरिएको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

यस अभियान  पुस १ गतेवाट शुरू भई फाल्गुन मशान्तसम्म सञ्चालन हुने र अभियानका क्रममा एक लाख नागरिकलाई सचेतना दिईने कार्यक्रममा आम-जनमानसको उल्लेखनीय सहभागिताले निकै प्रभावकारी बन्दै गईरहेको छ । 

त्यस्तै गरि भाडाका सार्वजनिक सवारीको वेथिति सुधारका लागि ५ सय ९० सवारीलाई समेत अनुगमन  गरिएको छ । अनुगमनका क्रममा सवारी साधन र सवारी चालक/सहचालकमा देखिएका कमिकमजोरीहरूलाई सुधार गर्न प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गराईएको छ ।