हाछ्युँ आउन सामान्य प्रक्रिया हो । तर, छिटोछिटो हाछ्यूँ आउँछ भने त्यसले शरीरको रोग प्रतिरोधक क्षमता कम भएको जनाउँदछ । जानौं केही घरेलु उपाय जसले हाछ्यूँ आउने समस्या तुरुन्त रोक्न मद्दत गर्दछ ।
– अमलामा हुने एन्टिअक्सिडेन्टले नाक सफा राख्न मद्दत गर्दछ । अमला खाने वा यसको रस पिउनाले अचानक कम कम समयमै आउने हाछ्यूँ रोक्न मद्दत गर्दछ ।
– अदुवा र तुलसी मिलाएर सेवन गर्नाले रुघा खोकी तथा एलर्जीमा आराम दिन्छ ।
– लसुनमा हुने एलिसिन तत्वले नाक बन्द हुने तथा नाकमा समस्या सिर्जना गर्ने ब्याक्टेरियालाई नष्ट गरी प्रतिरक्षा बलियो बनाउँदछ ।
– रुघा वा हाछ्यूँको समस्या छ भने भोजनमा बदाम तथा बिउजस्ता जिंकयुक्त चिजहरु समावेश गरौं । यसले प्रतिरक्षा बलियो बनाउन मद्दत गर्दछ ।
– कालो इलाइचीको तेज सुगन्धले घाँटी र नाकको इरिटेशन कम गरी हाछ्यूँ हुनबाट रोक्छ ।
– पुदिनाको तेल तातो पानीमा हालेर बाफ लिँदा राहत पाउन सकिन्छ ।



