🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भ्रमण  वर्ष सफल पार्न युवा क्रियाशील हौँ  : अध्यक्ष प्रचण्ड

रत्ननगर, ९ पुस (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न देशका युवा वर्ग क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।

चितवनको रत्ननगरमा आजदेखि शुरु भएको नेपाल जेसिजको ४६औँ महाधिवेशनको उद्घाटन गर्दैै अध्यक्ष प्रचण्डले पर्यटन वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी सौराहाको प्रवेशद्वारमा महाधिवेशन गर्नु आफैँमा महत्वपूर्ण भएको उल्लेख गुर्नभयो । उहाँले नेपाल भ्रमण वर्ष सफल बनाउन सातवटै प्रदेशबाट एकसाथ शुभारम्भ गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले देशमा ठूलो त्याग र तपस्यापछि नयाँ राजनीतिक व्यवस्था आएकाले यसलाई संस्थागत गर्न युवालाई एक भएर अघि बढ्न आग्रह गर्नुभयो । समृद्ध नेपाल निर्माण गर्ने जिम्मा युवालाई भएकाले देशको आर्थिक विकासमा युवाको भूमिका अतुलनीय रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘हामी अस्ताउँदा सूर्य हौँ, तपाई युवा उदाउँदो सूर्य हो । देशको अगामी नेतृत्व गर्ने जिम्मा तपाईहरुकै काँधमा छ । जेसिजले त्यस किसिमको युवा नेतृत्वको विकास गरिरहेको छ ।”

नेपाल सरकारले नेपाल भम्रण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । जनवरी १ देखि शुरु हुने भ्रमण वर्षको स्वागतका लागि तेस्रो पर्यटकीय नगरी सौराहाले तयारी अन्तिम चरणमा पु¥याएको छ । आजबाट शुरु भएको जेसिजको ४६औँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । महाधिवेशनमा नेपालभरका दुई हजार ५०० भन्दा बढीको उपस्थिति रहेको छ । 
–––