🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नौ वटा घरमा बसेर गैरकानूनी धन्दा  गर्ने १ सय २२ चिनियाँ पक्राउ

काठमाडौं, ९ पुस। गैरकानूनी क्रियाकलापमा संलग्न रहेको आशंकामा काठमाडौं तारकेश्वर नगरपालिका-१ मनमैजु, काठमाडौं महानगरपालिका-३ महाराजगंज र बुढानीलकण्ठ नगरपालिका-३ बाट १ सय १४ जना पुरुष र ८ जना महिला गरी १ सय २२ जना चिनियाँ नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

ईन्टरपोलको ८८ औं महासभा सान्टियागो चिलीमा भएको बैठकमा Head of Interpol NCB बेइजिङ, चीन र NCB काठमाडौंका प्रमुखहरुबीच ट्रान्सबोर्डर साइबर अपराध जस्ता अपराध नियन्त्रणका लागि छलफल भएअनुसार NCB बेइजिङ, चीन र NCB काठमाडौंबीच जानकारी एवं खबर आदानप्रदान भई नेपाल प्रहरीद्वारा सूचना विकास गरी साइबर अपराधलगायत अन्य गैरकानुनी क्रियाकलापमा संलग्न हुन सक्ने आशंकामा उक्त ठाउँका९ वटा घर मा तत्काल खोजतलास गरी उनीहरुलाई पक्राउ गरिएको हो ।

उक्त घरहरुमा अस्वाभाविक रुपमा अत्यधिक संख्यामा ल्यापटप, मोबाइल र अन्य सामान सहित शंकास्पद अवस्थामा भेटिएका उनीहरुलाई प्रहरीले पक्राउ गर्न खोज्दा महिला प्रहरी समेतको टोली उपर सोधपुछको क्रममा दुर्व्यवहार समेत गरेपछि उनीहरुलाई पक्राउ गरिएको र उनीहरुबाट मोबाइल ७ सय ४७ थान, ल्यापटप ३ सय ३१ थान, सिपियू ९८ थान, मोनिटर ९९ थान, पेनड्राइभ २२ थान, सिमकार्ड ३ सय २७ थान र राहदानी ६७ थान बरामद भएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ ।

निजहरु अन्य अपराधमा समेत संलग्न हुन सक्ने अवस्था समेतलाई ध्यान दिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।