🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

घुस लिने  मालपोत अधिकृतविरुद्ध  आरोपपत्र दायर

काठमाडौँ, ३० मङ्सिर (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) रामबाबु मण्डलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधीन रहेको मुद्दाको सिलसिलामा ‘सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने’ निर्णयसहितको कागजात उपलब्ध गराउन आनाकानी गर्दै सेवाग्राहीसँग रु पाँच लाख घुस लिएको अवस्थामा आयोगको टोलीले निजलाई नियन्त्रणमा लिएको थियो । 

    अधिकृत मण्डललाई घुस रकम बराबर बिगो माग दाबी गर्दै आरोपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । 
–––