🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 काङ्ग्रेसको तीन हजार ५५१ सदस्यीय चुनाव प्रचार समिति 

पोखरा, २२ कात्तिक : नेपाली काङ्ग्रेस कास्कीले आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं–२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि तीन हजार ५५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ । निर्वाचन तयारी सम्बन्धमा पार्टीको कास्की क्षेत्र नं २ क्षेत्रीय समितिद्वारा आज आयोजित भेलाले पार्टीका जिल्ला सभापति कृष्ण केसी संयोजक रहनुभएको समिति गठन गरेको हो ।

    
त्यस्तै क्षेत्र नं २ का क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला र पोखरा महानगर समिति सभापति बजीरमान श्रेष्ठ सहसंयोजक रहनुभएको छ । पार्टीले यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि खेमराज पौडेललाई उम्मेदवार बनाएको छ ।

    
त्यस्तै निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्ने पोखरा महानगरपालिकाका ११ वटा वडामध्ये वडा नं ४ मा नेता यज्ञबहादुर थापा, वडा नं ७ मा शुक्रराज शर्मा, ८ मा तारानाथ रानाभाट, ९ मा वीरेन्द्रनारायण बिजुक्छे, ११ मा शारदा पौडेल, १५ मा विन्दादेवी राना, १६ मा कुमार खड्कालाई संयोजक तोकिएको छ । 

    
त्यस्तै वडा नं १७ मा कृष्णबहादुर केसी, २० मा विन्दुकुमार थापा, २१ मा गुरु बराल र ३३ मा जीवन परियारलाई संयोजक तोकिएको छ । भेलाले २६ सदस्यीय सल्लाहकार समितिसमेत चयन गरेको छ । विभिन्न उपसमितिमध्ये अर्थ सङ्कलनमा ऋषि सापकोटा, अनुगमनमा राजेन्द्रनिधि कोइराला, सचिवालय व्यवस्थापनमा देवेन्द्र रानाभाट, बुद्धिजीवी परिचालनमा आनन्दराज मुल्मी, प्राध्यापक परिचालनमा दीपेन्द्र पराजुली, अन्तरक्षेत्रीय समन्वय समितिमा पोषनाथ शर्मा संयोजक रहनुभएको छ । 

त्यस्तै उद्योग व्यवसाय, पर्यटन परिचालनमा विन्दुकुमार थापा, सञ्चारमा नवीन सिग्देल, स्वयंसेवक परिचालनमा भोजबहादुर गुरुङ, भ्रातृ तथा शुभेच्छुक संस्था परिचालनमा गुरु बराल, स्थानीय तह परिचालनमा रामजी कुँवर र युवराज कुँवर, निर्वाचन समन्वयमा कृष्ण तिमिल्सिना, बुथ परिचालनमा विजयराज आचार्यलाई संयोजकको जिम्मेवारी दिएको छ । भेलामा कास्की काङ्ग्रेसका सभापति कृष्ण केसीले जिम्मेवारी पाएका संयोजकले आ–आफ्नो क्षेत्रमा पुगी यथाशक्य काम थाल्न निर्देशन दिनुभयो । रासस