🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मतपेटिका ल्याउँदै गरेको टोलीलाई लक्षित गरी बम विस्फोट

त्रिशूली, नुवाकोट । मतदान सम्पन्नपछि मतपेटिका लिएर सदरमुकाम विदुर आउँदै गरेको टोलीलाई लक्षित गरी आइतबार साँझ बम विस्फोट भएको छ । 

विदुर नगरपालिका–७ तुप्चेको चण्डेश्वरी मतदानस्थलको मतपेटिका लिएर आउँदै गर्दा विदुर नपा वडा नंं ७ र ९ को सिमानामा रहेको अधेरीखोलामा बम विस्फोट गराइएको हो । 

मतपेटिका लिएर दलका प्रतिनिधि तथा सुरक्षाकर्मीहरु सदरमुकाम विदुरतर्फ आइरहेका बेला ठूलो आवाजमा वम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

बम विस्फोट भए पनि कुनै मानवीय र भौतिक क्षति नभएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

कुन प्रकृतिको काम हो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस