🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोरोना प्रभावित पत्रकारलाई आर्थिक सहयोग

कोरोना महामारीबाट  प्रभावित नेपालका क्रियाशील पत्रकारहरूलाई लक्षित गरी नेपाल पत्रकार महासङ्घ यूके शाखाले सङ्कलन गरेको रु पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । देशभर कार्यरत पत्रकारमध्ये २५ पत्रकारई जनही रु २० हजारका दरले वितरण गर्ने योजना रहेको शाखाले जानकारी गराएको छ ।

‘‘लेखन वृत्ति’ नाममा पत्रकार महासङ्घ केन्द्रीय समितिमार्फत वितरण गर्ने निर्णय भएको बताइएको छ ।   सोही निर्णयबमोजिम उठेको कुल रु पाँच लाख १६ हजार पत्रकार महासङ्घ केन्द्रिय समितिको बैंक खातामा जिम्मा गरिसकिएको छ ।

गत जूनको दोस्रो साता बसेको नवनिर्वाचित यूके शाखाको पहिलो बैठकले कोरोना प्रभावित पत्रकारहरूललाई सहयोग गर्ने निर्णय गरेको थियो । सहयोग सङ्कलनका लागि शाखाले नवनिर्वाचित सदस्यहरू दिनेशकुमार परियार, प्रमिला लावुङ र गोमा रानालाई जिम्मा दिएको थियो । हाल कोरोनाबाट सङ्क्रमित भएका पत्रकार र तिनको परिवारलाई लक्षित गरिए पनि तमाम पत्रकारलाई कुनै न कुनै रूपमा महासङ्घ यूकेको शाखाले जोड्ने योजना रहेको शाखाले जनाएको छ ।