🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भ्रमण वर्ष सफल पार्न नेपाली सेनाले  विविध कार्यक्रम गर्ने  

काठमाडौँ, १६ असोज (रासस) : नेपाली सेनाले नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा विभिन्न कार्यक्रम गरी मुलुकको पर्यटन प्रबर्ध्दनका लागि साहसिक एवं पर्यटकीय गतिविधि सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले लक्ष्य प्राप्तिमा सहयोग पु¥याउन विदेशी पर्यटकको सहभागिता हुने गरी प्रतियोगितात्मक साहसिक खेलकूदका कार्यक्रमका साथै पर्यटकीय गतिविधि सञ्चालन गर्न लागेको नेपाली सेनाले जनाएको छ ।

\"\"

    भ्रमण वर्षका अवसरमा साहसिक खेल, म्याराथन दौड, जङ्गल सफारी, हिमाली पदयात्रा, बहुराष्ट्रिय संयुक्त सैनिक सगरमाथा आरोहणलगायत नौ वटा कार्यक्रम आयोजना गर्न लागिएको सेनाले असोज १६ गते  काठमाडौँमा एक कार्यक्रममार्फत जानकारी दिएको छ । 

    उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायत सरकारी अधिकारी, विभिन्न राजदूतावासका प्रतिनिधि तथा पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा सेनाले भ्रमण वर्षका अवसरमा आयोजना हुने कार्यक्रमबारे जानकारी गराएको हो ।

    उक्त समारोहमा उपप्रधानमन्त्री पोखरेलले मुलुकले लिएको लक्ष्य भेट्नका लागि नेपाली सेनाले अगाडि सारेको जस्तो कार्यक्रम जरुरी रहेको औँल्याउँदै विदेशमा पनि प्रचारात्मक कार्यक्रम आवश्यक भएको औँल्याए  । उनले उच्च पहाडी क्षेत्रमा सफारी, घना जङ्गल क्षेत्रमा मौसमअनुसारका पर्यटकीय गतिविधि सञ्चालन गर्नसके विविधतायुक्त नेपालमा पर्यटन विकासले फड्को मार्ने विश्वास व्यक्त गरे  ।

    प्रधानसेनापति पूर्णचन्द्र थापाले सरकारी लक्ष्यप्राप्तिका लागि सेनाकोतर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाउँदै भ्रमण वर्ष सफल बनाउन विभिन्न कार्यक्रम गर्नेगरी प्रचारात्मक अभियान थालिएको जानकारी दिए  । पर्यटन वर्ष सफल पार्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले नेपालको सुन्दरता र प्रकृतिलाई विश्वसामु पु¥याउनुपर्नेमा जोड दिए  । संरक्षणमा सेनाकोसमेत महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै उहाँले विभिन्न क्षेत्रमा हुने जङ्गल सफारी महत्वपूर्ण पर्यटकीय गतिविधि भएको उल्लेख गरे  । 

    सेनाले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी दिँदै सेनाका बलाधिकृत रथी शरद गिरीले विविधतायुक्त नेपाल पर्यटनका हिसाबले प्रचुर सम्भावना रहेको उल्लेख गरे  । उक्त समारोहमा नेपाली सेनाले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा आयोजना गर्ने विभिन्न नौ वटा कार्यक्रमबारे जानकारी दिए  । 

    प्रमुख सेनानी सुवास खड्काले काभ्रेको पदयात्रा र सेनानी राजेश चन्दले नेपाली सेनाले आयोजना गर्ने खुला साहसिक खेलकूद प्रतियोगिताका बारेमा प्रस्तुति दिएका  थिए  । महासेनानी सुवास थापाले जङ्गल सफारी र हिमाली पदयात्रा, प्रमुख सेनानी अर्जुन बस्नेतले प्याराग्लाइडिङ कार्यक्रम, सेनानी विनोद चौलागाईंले लिगलिगकोट दौड, सेनानी दिनेश खड्काले पाँचखालमा आयोजना हुने रन फर फनका बारेमा जानकारी गराएका थिए  । 

    यस्तै प्रमुख सेनानी अशोक खाँडले पोखरामा हुने नेपाल म्याराथन, प्रमुख सेनानी सुनिलसिंह राठौरले बहुराष्ट्रिय संयुक्त सैनिक सगरमाथा आरोहण २०२० कार्यक्रमका बारेमा जानकारी दिएका थिए  । गन्तव्य सगरमाथा नाम दिइएको उक्त कार्यक्रम ९० दिनको हुने नेपाली सेनाले जनाएको छ । कार्यक्रममा सहभागी हुने विभिन्न देशमा निमन्त्रणसमेत पठाइसकेको जनाइएको छ । 

    कार्यक्रमको उद्देश्य नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने, नेपालसँगको अन्तरराष्ट्रिय सम्बन्ध थप विस्तार गर्ने र नेपाल र अन्य मुलुकको अनुभव आदानप्रदान गर्ने रहेको नेपाली सेनाले जनाएको छ ।