🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुर्ती उद्यमीको प्रभावका कारण स्वास्थ्यमा गम्भीर असर

काठमाडौं, १६ असोज । नेपालमा सुर्ती उद्योगीको हस्तक्षेपका कारण सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रण हुन नसकेको एक अध्ययनले देखाएको छ । 
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले गरेको अध्ययनका अनुसार सुर्ती उद्यमीले विभिन्न नाममा ब्राण्डको प्रचार गर्ने, चुरोट सेवन गर्न उत्प्रेरणा दिने, कानून कार्यान्वयनमा भाँजो हाल्ने गरेको आरोप लागेको छ । 

यो अध्ययन नेपालसहित ३३ ओटा मुलुकमा गरिएको थियो । ३३ ओटा मुलुकमा नै अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पहिलो पटक नेपालमा विहिवार प्रतिवेदन सार्वजनिक गरिएको हो ।

सो प्रतिवेदनलाई असोज १६ गते विहिवार नै रेस्फेकका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले विश्व स्वास्थ्य संगठनका कन्ट्री रिप्रिजेन्टिटिभको उपस्थितिमा स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक कुन्जप्रसाद जोशीलाई हस्तान्तरण गरेका थिए ।

 विभिन्न संघसंस्थाले ३३ ओटा मुलुकमा गरेको अध्ययनमध्ये उद्योगीको हस्तक्षेप कम भएको मुलुकको ८ औं स्थानमा नेपाल रहेको छ ।  अध्ययन अनुसार, दक्षिण एसियामा भारत, श्रीलंका र बंगलादेशमा सवैभन्दा वढी उद्यमीको हस्तक्षेप रहेको छ । 

अध्ययनअनुसार नेपालमा उद्यमीले नीति निर्माण चरणमा नै नीति निर्मातालाई आर्थिक लाभ दिने गरेका छन् । सुर्ती उद्योगको नाममा सामाजिक उत्तरदायित्वको काम गरी प्रचार गरिरहेका छन् । निर्माता निर्देशकलाई प्रभाव पारी विभिन्न चलचित्रहरुमा कलाकारलाइ धुम्रपान गर्न लगाएका छन् । 

सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन र नियमावली अनुसार सुर्तीबाट हुने हानी देखिने रंगीन चित्र सुर्तीको प्याकेटमा ९० प्रतिशत हालिएको छैन ।  प्रतिवेदन सार्वजनिक गर्दै प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले सुर्ती उद्योगलाई उच्च करदाताको सम्मान दिएर राज्यले जनताको स्वास्थ्यमा खेलवाड गर्न प्रोत्साहन गरिरहेको बताए । 

अर्थमन्त्रालय, वाणिज्य मन्त्रालय, गृह मन्त्रालयले सुर्ती उद्यमीसँग गरेका छलफल र निर्णय पारदर्शी नहुनु हस्तक्षेपको नमुना भएको प्रतिवेदनमा उल्लेख छ । 
सुर्ती उद्योगले गर्ने प्रचार तथा प्रवद्र्धनात्मक खर्च र आम्दानी पारदर्शी गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । सुर्ती उद्योगको हस्तक्षेपलाई न्यूनीकरण गर्न स्थानीय तह र सहायक जिल्ला अधिकारीलाई वढी जिम्मेवारी र शक्तिसम्पन्न गर्नुपर्ने कुरा प्रतिवेदनमा लेखिएको छ । 

प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा विश्व स्वास्थ्य संगठनका कन्ट्री रिप्रिजेन्टिटेटिभ डा.जोस भेन्डेलरले सुर्ती प्याकेटमा पूरै ढाकिने गरी रंगीन चित्र राख्नुपर्ने र ब्रान्डको नाम सवभन्दा सानो अक्षर बनाउनतिर विश्वको ध्यान जानुपर्ने बताए । 

नेपालमा अन्तराष्ट्रिय कानुन र राष्ट्रिय कानून विपरीत खुल्ला रुपमा सुर्तीको बेचविखन हुने गरेको बताए । उनका अनुसार, नेपालमा सुर्ती सेवनकै कारण वर्षेनी २७ हजार १ सय ३७ जनाको ज्यान गइरहेको छ । 

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक कुन्जप्रसाद जोशीले सुर्ती सेवनमा मात्रै नेपालीले वार्षिक ४७ अर्ब रुपैयाँ खर्च गरिरहेको जानकारी दिए । 
उनले भने,‘ सुर्तीका कारण १० वर्षअगाडिसम्म १६ हजारको मात्र मृत्यु हुन्थ्यो अहिले एकाएक २७ हजार पुगिसकेको छ ।’ 

नेपालमा कानुनभन्दा सामाजिक मुल्य मान्यताले काम गर्ने भएकाले सुर्ती नियन्त्रणका लागि सामाजिक अभियान चलाइ सुर्ती खानु हुँदैन भने संस्कार बसाउनुपर्ने तर्फ उनको जोड रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव पुष्करराज नेपालले लगभग ३१ प्रतिशत नेपालीले सुर्ती सेवन गर्ने गरेको र मृत्युको १७ प्रतिशत प्रमुख कारण सुर्ती रहेको छ । ९० लाख सुर्ती सेवनकर्ता नेपालीमध्ये १० लाखलाई जोखिमपूर्ण दीर्घ रोग रहेको पनि उनले जानकारी दिए । 

सञ्चारकर्मी भगवती तिमिल्सिनाले सुर्तीजन्य पदार्थका असरका सम्वन्धमा पर्याप्त सूचना हुँदाहुँदै पनि प्रवक्तामार्फत लिनुपर्ने वाध्यताका कारण जनताले समयमै सही सूचना प्राप्त गर्न नसकिरहेको बताए । 

उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले पुरस्कारको लोभमा आवश्यक गृहकार्य नगरी सुर्तीको प्याकेटमा ९० प्रतिशत हानिकारक चित्र ल्याउने व्यवस्था ल्याउँदा सुर्ती उद्यमीले चलखेल गर्ने मौका पाएको र मुद्दाको किनारा लाग्न समय लागेको बताए ।  

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका अध्यक्ष प्राडा शरदराज वन्तले सुर्ती उद्यमीको बदमासीका विरुद्ध सशक्त आवाज उठाउन हामी फ्रेमभन्दा बाहिर पनि जान सक्नुपर्ने बताए ।