🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रोकिएन टेलिभिजनको आर्थिक बेथिती

साँघुले २०७६ भदौ २३ गतेको अंकमा टेलिभिजनको आर्थिक अनियमितताको समाचार प्रकाशन गरेकै दिन बसेको नेपाल टेलिभिजनको उच्च ब्यबस्थापनको बैठकले अब उप्रान्त टेलिभिजनमा बाहिरबाट खाजाको प्याकेट नमगाउने निर्णय गरेतापनि टेलिभिजनको आर्थिक बेथिती रोकिने कुनै छाँटकाँट भने देखिएको छैन । कार्यकारी अध्यक्ष र महाप्रबन्धकको बिचमा कसस्ले कति बेथिती मच्चाउने भन्ने होड नै चल्न थालेको महसुस हामी कर्मचारी र पत्रकारहरूले गरेका छौं ।

कर्मचारी भर्नादेखि टीए÷ डीए सम्ममायीदुईको होड नै चल्ने गरेको छ । कार्यकारीले गाडी चलाई रहेको टेलिभिजनभित्रकै चालकलाई हटाएर आफू पत्रकार महासंघमा रहँदाको ड्राईभर भर्ना गरेपछि महाप्रबन्धकलाई सहीनसक्नु भएछ र गाडी नै नभएको कोहलपुर प्रशारण केन्द्रमा पूर्व माओबादी कार्यकर्तालाई जागिर खुवाएरै छाडे । यसभन्दा अगाडि पनि महाप्रबन्धकले तिनै चालकको श्रीमतीलाई कार्यालय सहायकको नियुक्ति दिलाई सकेका थिए ।

यसै हप्तामात्रै प्रदेश– १ को आन्तरिक मन्त्रालयसंग सम्झौता गर्ने बहानामा जम्बो टोली लिएर बिराटनगरतर्फ प्लेनमा सफर गरेकै दिन जम्बो टोली एयरपोर्टमा उत्रिन नभ्याउंदै केही खत्र्याकखुत्रुक सामान पोको पारेर कोहलपुर प्रशारण केन्द्र पु¥याउने बहानामा जीएम त प्लेनबाटै कोहलपुर हानिए । दुई दिन अघि मात्रै  डोटी गएको संस्थाको गाडीमा सामान नपठाएर महाप्रबन्धक आफैं सामान बोकेर त्यता हानिनुलाई कर्मचारीहरूले अफिसको काज खाएर महाप्रबन्धक आफ्नो घर रुकुम हिंडेका हुन् भन्ने राम्रैसंग बुझेका छन् । 

 आफूलाई बारम्बार कोहलपुर रुकुम ओहोरदोहोर गर्न गाडीको समस्या परेकै कारण उन्ले चालक मात्र भर्ति नगरी एसीवाला गाडी समेत पठाउन भ्याए । संस्थान संचालन निर्देशिकामा दशौं तहको प्रमुखको कल्पना गरिएको कोहलपुरमा आठौं तहको प्रमुख राख्नु अनि एउटा मोटर साईकल र गाडीले नपुगेर पुन अर्को गाडी समेत थप्नुलाई कर्मचारीले लुट्न सके लुट कान्छाको गीतसंग तुलना गर्न थालेका छन् । 

आर्थिक मामिलामा निकै कमजोर यी दुई हाकिमहरूको बिरुद्घमा झिनै भएपनि आवाज उठाउँदै आएका बोर्ड सदस्य टंक पन्त समेतलाई सामान एसेप्टेन्सको बहानामा सिंगापुर पठाई दिएर यिनीहरूले मुखबन्द गराई दिए । प्रबिधिको नाममा आफैंले बोक्ने मोबाइलमा समेत उठाउन र काट्न बाहेक केही नजानेका यिनले अत्याधुनिक प्रबिधिको एचडी फम्र्याटको बारेमा के बुझे होलान् र त्यहाँ यिनन्को प्रस्तुति कस्तो रह्यो होला ? यिनी मात्रै नभई यिनन्कै सिको गर्दै अर्का बोर्ड मेम्बर मनोहरि थापाले पनि बिदेशमा मस्ती मार्ने क्रमलाई निरन्तरता दिंदै आएका छन् ।

यो एउटै प्रतिनिधि घटनाले नै पुष्टि गर्छ कि नेपाल टेलिभिजनमा भागबन्डाको अवस्था कस्तो छ, पचासौ करोडको खरिद र करोडौं करोड कमिशन र कस्ता गुणस्तरीय सामान भित्रिएका छन् भन्ने कुरा । आर्थिक मामिलामा अहिलेसम्मकै कमजोर मानिएका कार्यकारी अध्यक्ष, महाप्रबन्धक र संचालक टिमले एक बर्षको बोर्ड भत्ता ६ महिनामै सफाचट् पारेको देखेर हामी पत्रकार र कर्मचारीहरू आश्चर्यचकित परेका छौं ।

नेकपा समर्थित युनियनका अध्यक्ष र केही पूर्व एमाले र माओबादी कार्यकर्ताहरूलाई बढुवाको ललीपप देखाएर महंगो स्याटेलाइटको भाडाको बिषयमा युनियनको तर्फबाट स्वागत विज्ञप्ति निकाल्न लगाएको तर कांग्रेसको गोविन्द धिताल र दीपकमणि धितालको ग्रान्ड डिजाइनमा बढुवा नगरि दिएपछि आफूहरूलाई धोका दिएको भन्दै उनीहरू बिरोधको स्वर बोकेर नेकपाको शक्ति केन्द्र धाउन थालेका छन् ।

टेलिभिजनभित्रकै जान्ने बुझ्ने समूह भने डा. महेन्द्र बिष्टले आफ्नै पार्टी समर्थित युनियनलाई पनि फुटाउ र राजनीति गरेको सिद्घान्त अवलम्बन गर्दै कमजोर बनाइ रहेको र बिपक्षीहरूको युनियनलाई सुबिधा सम्पन्न बनाउंदै हातमा लिएर मनपरी गर्न ब्यस्त रहेको भन्ने आरोप लगाउन शुरु गरेका छन् । –नेपाल टेलिभिजनको भलो चाहने पत्रकार तथा कर्मचारीहरू