🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

त्रिभुवन विश्वविद्यालयको भीसीमा सत्तारूढकै भिडन्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयसहित सातवटा विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि गतिले लिने संभावना देखिएको छैन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा गठित सिफारिश समितिले पनि तोकिएका अवधिमा काम गर्न सकेन । उपकुलपति सिफारिशमा समस्या किन आयो भन्ने अहिलेसम्म खुलेको छैन । विगतमा संयुक्त सरकार हुँदा पनि नियुक्तिमा समस्या आएको थिएन । भागबण्डा गरेर नै भए पनि उपकुलपति नियुक्त गरिएको थियो । तर, अहिले एकल सरकार हुँदा पनि नेकपाको आन्तरिक समीकरणका कारण समस्या आएको श्रोत बताउछ ।

त्यसमाथि शिक्षामन्त्री गिरिराजमणि पोखरेलको लाचारी पनि हावी भएको छ । काम गर्ने क्ष्ँमतामै प्रश्न उठ्ने गरी शिक्षामन्त्रीले उपकुपलपति छान्न सिफारिश गर्न सकेका छैनन । पहिला त्रिवि र सुदूरपश्चिमाञ्चाल विश्वविद्यालय कांग्रेसको कोटामा परेको थियो । त्यसैगरी, पूर्वाञ्चाल र कृषि तथा वनविज्ञान विश्वविद्यालय पूर्वमाओवादीको भागमा परेको थियो भने पोखरा र मध्यपश्चिम विश्वविद्यालय पूर्वएमालेको भागमा थियो । अहिले कांग्रेसले पनि अनौपचारिक रुपमा भाग खोजेको छ । त्यसबाहेक पूर्वमाओवादी र पूर्वएमालेबिच त्रिविको उपकुलपति कसले लिने भन्ने रस्साकस्सी चलेको पार्टी श्रोत बताउछ । कामु उपकुलपतिको भूमिकामा रहेकी सुधा त्रिपाठी प्रचण्डनिकट हुन ।

तर, पूर्वएमालेले त्रिविको उपकुलपति आफ्नो पक्ष्ँमा लिन चाहेको छ । त्यसैकारण भगवान कोइरालाको नाम सार्वजनिका भएको हो । जसको नाम  प्रधानमन्त्री केपी ओलीले लिएका हुन । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको पनि सम्बन्ध नराम्रो छैन । तर, प्रचण्डका लविङ आफ्नो पक्षमा पार्न खोजिएको छ । त्यसले पनि ढिलाई भएको शिक्षा मन्त्रालयका अधिकारीहरूले जानकारी दिए ।