🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टान निर्वाचन वामको हार : नेकपा कि छेकपा ? 

काठमाडौं । नेकपालाई अहिले ठमेल क्षेत्रमा ‘छेकपा’ भन्न थालिएको छ । यसो भन्न थालेको धेरै दिन भएको छैन जम्माजम्मी एक हप्ता  भयो । र, सन्दर्भ भनेको टानको निर्वाचन परिणामपछि हो । हुनलाई निर्वाचनकै अवधिमा पनि त्यसो भन्न थालिएको थियो तर भित्रभित्रै छिपेको थियो ।

छेकपा अर्थात् आफ्नैलाई छेक्ने । अर्कोतिर ठमेलका पूर्वमाओवादी र पूर्वएमालेहरु अहिले पनि एक हुन नसकेका रहेछन् भन्ने पनि देखाउन त्यही टान निर्वाचन काफी भइदिएको छ ।

 
२० भदौ २०७६ मा टानको निर्वाचन हुँदै थियो । टानको नया“ कार्यसमितिका लागि निर्वाचन भइरहेको बेला नेकपानिकट पर्यटन व्यवसायी खुलेरै पार्टीको निर्णय विपरीत लागे । त्यसको परिणाम दुईतिहाई सरकारको समयमा टानमा कांग्रेसनिकट उम्मेदवार विजयी भए ।

२०७६ भदौ २१ गते शनिवार विहान आएको निर्वाचन परिणामपछि अहिले ठमेलमा एकअर्काको सत्तोसराप पनि गरिरहेका छन् वामपन्थी पर्यटन व्यवसायीहरु ।

खासमा उम्मेदवार छनौटमै समस्या देखिएको थियो वामपन्थीहरुका लागि । पूर्वसहमति अनुसार पूर्वएमालेनिकटलाई अध्यक्ष बनाउने सहमति थियो पूर्वमाओवादीसंग । त्यही सहमति अनुसार अध्यक्षको  उम्मेदवारका दावेदाहरु देखिएका थिए । त्यही बेला हरि धरेल र कुमार थापाको नाम चर्चामा आयो । 

 यी दुई नाममा पूर्वएमालेनिकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्र रिजाल र त्यसै संगठनका अर्का नेता राजेन्द्र सापकोटाका खल्तीबाट आएका थिए । सापकोटालाई पर्यटन क्ष्ँेत्रमा नेता बनाउन र नेपाल पर्यटन बोर्डको सदस्य बनाउनसम्म चन्द्र रिजालले खुबै प्रयास गरेका थिए ।

केही बर्षपहिलासम्म सापकोटा चर्चामै थिएनन् । रिजालले पार्टी अन्य हस्तीहरुलाई पाखा लगाएर सापकोटालाई पर्यटन बोर्डको बोर्ड सदस्य बनाउन पार्टीमा लविङ गरेर बनाए पनि । पछि उनीहरुबीच आर्थिक लेनदेनमा कुरा मिल्न छोड्यो र केही बर्षदेखि पानी बाराबारको अवस्था छ । 

 त्यही कारणले उनीहरुले एकले अर्काको अस्तित्व स्वीकार्दैन र हरेक बैठकमात्र होइन यस्ता नियुक्तिमा दुई धार भइहाल्छ । त्यही कारण रिजालले पुराना व्यवसायी धरेलको नाम लिनसाथ सापकोटाले आफ्नो खल्तीबाट थापाको नाम लिए ।

अनि पार्टीमा लफडा सिर्जना गरे । संयोग कस्तो भईदियो भने थापा पर्यटनमन्त्री योगेश भट्टराईसंग निकट पनि थिए । त्यही बलमा थापाको नाममा अन्तिम समयमा सहमति जुट्यो । तर, रिजाल पक्षको ठूलो टीम थापालाई निर्वाचित गराउन   सहयोग गर्ने पक्ष्ँमा थिएन । त्यसैको परिणाम २० भदौको निर्वाचनमा छताछुल्ल भयो । 

 आन्तरिक अन्तर्घातको एउटा कथा यति हो । तर, त्योभन्दा फरक कुरा के पनि भइदियो भने टानको निवर्तमान कार्यसमिति वामपन्थी अर्थात पूर्वमाओवादीको कोटामा अध्यक्ष भएका नवराज दाहालको नेतृत्वमा थियो यो टीम पनि थापाको पक्षमा  खुलेर लागेन । अझ महासचिव आङटेम्बा शेर्पा त खुलेर विरोधमा थिए ।

यसरी नेकपाभन्दा पनि छेकपाको रुपमा देखा परेका उनीहरुले कांग्रेसी उम्मेदवारलाई अघोषित रुपमा समर्थन गर्नुको अर्को कारण पनि छ । त्यो कारण भनेका फेक रेस्क्यु ।

पर्यटन क्षेत्रमा विदेशीलाई पदयात्रा र आरोहणको क्रममा विरामी बनाई उद्धार गर्ने नाममा करोडौं रुपैयाँ  लुट्ने धन्दा व्याप्त छ । त्यो धन्दामा अहिले निर्वाचित टानका अध्यक्ष खुमबहादुर सुवेदीको नाम पनि चर्चामा थियो ।

त्यसबाहेक टानका निवर्तमान अध्यक्ष दाहाल पनि त्यो प्रकरणमा मुछिदै आएका छन् । पर्यटन मन्त्रालयको अध्ययनमा पनि ७२ वटा यस्ता कम्पनी फेक रेस्क्युको मुद्दामा जोडिएका छन् । त्यसकारण उनीहरु मत पनि सुवेदीको पक्षमा गयो ।

सुवेदीमार्फत मन्त्रालयमा लविङ बढाएर कारबाहीबाट बच्ने र फेक रेस्क्युको धन्दा जोगाईराख्ने मक्सदले पनि निर्वाचन परिणामा परिवर्तन भएको पर्यटन व्यवसायीबीच चर्चा छ ।