🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मस्तिष्क क्षमता वृद्धि गर्ने यी ६ चिज

मानिसको स्मरणशक्ति विकास गर्ने र मस्तिष्कको क्षमता विकास गर्नका लागि ओमेगा–३ एसिड राम्रो मानिन्छ । यति मात्र नभई भिटामिन ई पनि शरीरका स्मरण क्षमता विकास गर्न लागि आवश्यक तत्व हो । सामान्यतया मानिसहरू भिटामिन ई को सेवन अनुहार तथा कपाल राम्रो बनाउनका लागि राम्रो हुन्छ भनेर ठान्दछन् । तर, यो तत्व मस्तिष्कको क्षमता विकास गर्न आवश्यक हुन्छ । एक व्यक्तिका लागि दैनिक १५ मिलिग्राम भिटामिन ईको सेवन आवश्यक हुन्छ । यी हुन् भिटामिन ई प्राप्त हुने आहारहरू जसले हाम्रा मस्तिष्कको क्षमता विकास गर्न मद्दत गर्दछ । 

ब्रोकाउली : सबैभन्दा राम्रो पौष्टिक तत्व हुने आहारको रुपमा गनिने गर्दछ ब्रोकाउली । यसमा अधिक मात्रामा भिटामिन्स, मिनरल्स तथा एन्टीअक्सिडेन्ट हुने गर्दछ साथसाथै क्यालोरीको मात्रा पनि कम हुन्छ । ब्रोकाउलीमा भिटामिन ई को मात्रा पनि उत्तिकै हुने गर्दछ । एक कप ब्रोकाउलीमा १.६ मिलिग्राम भिटामिन ई पाउन सकिन्छ । यसका अलावा यसमा फाइबर पनि हुने गर्दछ । यसको प्रयोग सलाद, सब्जी तथा अन्य भोजन तयार गर्दा समेत प्रयोग गर्न सकिन्छ । 

पालक साग : पालकको सागमा भिटामिन ईका साथसाथै आइरन(फलाम)को मात्रा पनि राम्रो हुने गर्दछ । यसले मस्तिष्कको क्षमता विकासका साथसाथै शरीरको रगत बढाउनसमेत मद्दत गर्दछ । एक कप पालकको सागमा दैनिक आवश्यकताको ३ प्रतिशत भिटामिन ई पाउन सकिन्छ । यसका साथसाथै पालकमा राम्रो मात्रामा अन्य पोषक तत्व र एन्टीअक्सिडेन्ट्स हुने गर्दछ । 

बदाम : बदामको समूहमा पर्ने बदाम, ओखर, काजुजस्ता चिजहरूमा प्रशस्त मात्रामा भिटामिन ई हुने गर्दछ । यसले शरीरमा भिटामिन ई को मात्रा पूरा गर्न मद्दत गर्दछ । दैनिक १ मुठी बदाम खान सकेमा यो शरीरका लागि फाइदाजनक सावित हुन्छ । 

एभोकाडो : एभोकाडो एउटा यस्तो फाइदाजनक फल हो जसमा भिटामिन ईका साथसाथै एन्टीअक्सिडेन्ट्सको मात्रा पनि उत्तिकै हुन्छ । यसले मस्तिष्क, अनुहार तथा कपाललाई समेत फाइदा गर्दछ । एक कप काटेको एभोकाडोमा दैनिक आवश्यकताको २१ प्रतिशत भिटामिन ई प्राप्त गर्न सकिन्छ । स्वास्थ्यप्रति गम्भीर हुने जोसुकैले पनि एभोकाडोलाई आफ्नो भोजनमा समावेश गर्न छुटाउँदैनन् । 

सूर्यमुखीको बिउ : सूर्यमुखीको बिउमा पनि पर्याप्त मात्रामा भिटामिन ई हुने गर्दछ । एकचौथाई सूर्यमुखीको बिउमा ७.४ मिलिग्राम भिटामिन ई हुने गर्दछ, जुन हाम्रो दैनिक आवश्यकताको ३७ प्रतिशत हो । यसका अलावा सूर्यमुखीको तेल हामी कपालका लागि समेत प्रयोग गर्न सक्छौं । 

ओलिभ तेल : यसमा पनि प्रशस्त भिटामिन ई हुने गर्दछ । यो तेल  स्वास्थ्यका लागि धेरै राम्रो मानिन्छ । एकपटक भोजन तयार गर्दा प्रयोग गरिने यो तेलमा शरीरलाई आवश्यक पर्ने कुल भिटामिन ईको १३ प्रतिशत भिटामिन पाउन सकिन्छ ।