🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रेडपाण्डाको छाला सहित पक्राउ

काठमाडौं, १० भदौ । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौडास्थित कपडा पसलमा लुकाईछिपाई राखेको रेडपाण्डा जस्तो देखिने करिब ३ फिट लम्बाई भएको छाला सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौडा कपडा पसल गरी बस्ने म्याग्दी त्रिवेणी नगरपालिका–२ घर भएका ३४ वर्षीय उपेन्द्र मल्ल र बाग्लुङ गलकोट नगरपालिका–९ घर भएका ३१ वर्षीय केशव राज गौतम रहेका छन् । महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उक्त कपडा पसल जाँच गर्ने क्रममा उक्त छाला फेला पारेको थियो । 

    जाजरकोट, रेडपाण्डाको छाला २ थान र भरुवा बन्दुकमा प्रयोग हुने सिसाको छर्रा १५ वटा सहित फेडागार्ड नगरपालिका–५ थल बजार बस्ने ५८ वर्षीय राम बहादुर घर्तीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त छाला र सिसाको छर्रा फेला परेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।