🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाजुरामा भालुको आक्रमण बाट एक महिला गम्भीर घाइते

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा जङ्गली भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । 

घाइते हुनेमा वडा नम्बर ३ धनाल्तका भिम रावतकी ४५ बर्षकी श्रमती जौकला रावत रहेकी छन् । उनलाई मेलगडेन भन्ने ठाउँमा भालुले आक्रमण गरेर गम्भीर घाइते बनाएको हो । 

रावत बजारबाट काक्रा बिक्री गरेर घर फर्किने क्रममा भालुले आक्रमण गरेको खप्तड छेडेदह गाउँपालिकाकी उपाध्यक्ष विशु देवी नाथले बताएकी छन् ।  

उनका अनुसार,गम्भीर घाइते भएकी रावतको पाखुरा,खुट्टा र टाउको र मुखमा चोटपटक लागेको बताएकी छन् । गम्भीर घाइते भएकी उनलाई उपचारको लागि बयलपाटा अस्पताल अछाम लगिएको बताइएको छ । 

छेडेदहमा भालुले आक्रमण गर्ने घटना बढि घट्ने गरेका छन् । यो भन्दा अघि पनि सोही गाउँपालिकाको वडा नम्बर ३ धुर्ताला बस्ने अन्दाजी ३५ बर्षका रणबहादुर रावतलाई भालुले आक्रमण गरि गम्भीर घाइते बनाएको थियो ।