🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

\’सत्यको जित नभए पनि  आखिरमा सत्य मर्दैन\’-पत्रकार हरिशरण लामिछाने

काठमाडौँ, ३० साउन।  न्यूज २४ को  पपुलर  कार्यक्रम जनतासंग सीधा कुराका प्रस्तोता एवं चर्चित पत्रकार रवि लामिछानेलाई  पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा २०७६ साउन ३० गते साँझ पक्राउ गरेको  छ।  प्रहरी टोलीले न्यूज २४ को टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेर चितवन लग्ने  तयारी गरेको छ  ।

\"\"
पत्रकार पुडासैनीको आत्महत्या अघि खिचिएको भिडियोमा उनले लामिछाने, अस्मिता कार्की र युवराज कँडेलको नाम लिएका थिए । मृतक पुडासैनीले आफूलाई लामिछाने र कँडेललगायतले मानसिक तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको रेकर्डेट भिडियो सार्वजनिक भएको थियो । तीनै जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ  ।

\"\"
पत्रकार रवि लामिछानेका दाजु तथा पत्रकार हरिशरण लामिछानेले  आफ्ना भाइको पक्राउ बारेमा  सामाजिक संजाल फेसबुकमा  भर्खरै पोस्ट गरेका छन् ''सत्य यही  हो भन्न त गाह्रो छ तर सत्यको नजिकसम्म भने अवश्य पुग्न सकिन्छ । त्यसैले त, सत्यको जित नभए पनि  आखिरमा सत्य मर्दैन भन्छन् । सत्य-तथ्य सबिस्तार छानबिन होस् । धैर्य गरौं, आशा गरौ।''