🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आगलागीबाट चार घर नष्ट

सप्तरी, साउन २८ । सप्तरीको दक्षिणी भेगमा रहेको तिलाठी कोइलाडी गाउँपालिकास्थित सकरपुरामा आज दिउँसो आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । तिलाठी कोइलाडी–२ सकरपुराका महनथी मुख्याको घरमा आगलागी हँुदा निजका तीन घर जलेका छन् भने देवीलाल मुख्याको एउटा घर जलेर नष्ट भएको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए ।  

आगलागीबाट घरभित्र रहेको खाद्यान्न, अन्नपात, भाडाकुँडा, लत्ताकपडा, टेबल, कुर्सी तथा फर्निचरलगायत नगद जिन्सी गरी करीब रु दश लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । खाना पकाउने क्रममा आगलागी भएको थियो । आगोलाई स्थानीयवासी हनुमाननगरबाट गएको बरुणयन्त्र तथा सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको गाउँपालिका अध्यक्ष सिंहले जानकारी दिए । यसैबीच आगलागी भएको ठाउँमा तत्काल राहत पु¥याउने कार्य भइरहेको गाउँपालिकाले जनाएको छ  ।