🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सत्र हजार घुसले प्रहरीको जागिर चट् 

काठमाडौं, चैत २० गते।  महानगरीय दंगा नियन्त्रण प्रहरी गण, त्रिपुरेश्वर दरबन्दी भई ताहाचल स्थित वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयमा सुरक्षार्थ खटिएका प्रहरी जवान गणेश लोहारको जागिर १७ हजार घुसले गर्दा चट् भएको छ।  

प्रहरी जवान गणेश लोहारले साउदी अरबका लागि श्रम स्वीकृति  लिने सिलसिलामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त, कालीमाटीबाट खटिएको प्रहरी टोलीले निज प्र.ज. गणेश लोहारलाई रु.१७,०००।– (सत्र हजार) घुसबापतको रकम लिएको अवस्थामा ताहचल स्थित वैदेशिक रोजगार विभागबाट २०७५ चैत १९ गते नियन्त्रणमा लिई अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंबाट  २०७५।१२।१९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको छ।   तत्सम्बन्धमा अनुसन्धान कार्य भइरहेको अख्तियारले  बताएको छ ।