विराटनगर, १ असोज (रासस): विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बधशाला दुई बर्षभित्र सञ्चालनमा ल्याइने बताए ।
विराटनगर महानगरपालिका– ८ मा आधुनिक बधशाला निर्माण गर्न चालु आर्थिक वर्ष २०७५÷७६ मा रु एक करोड २० लाख विनियोजन गरिएको पराजुलीले जानकारी दिएका छन् । हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक तीर्थराज रेग्मीले उपभोक्तालाई गुणस्तर मासु उपभोग गर्न आधुनिक बधशाला आवश्यक भएको बताए ।
हेफरका कार्यक्रम प्रबन्धक दिपेश पोखरेलले स्वस्थ्यकर मासुका लागि बधशाला आवश्यक रहेको बताए । कार्यक्रममा प्रदेश नं १ का विभिन्न जिल्लामा मासु खपतको अवस्थाबारे जानकारी गराइएको थियो । विराटनगर, इटहरी र दुहवीमा गरी दैनिक पाँच हजार ५१४ किलो मासु खपत हुने गरेको बताइएकोे छ ।



