🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिकाको भर्जिनियामा गोली लागी १३ को मृत्यु

 

(रासस÷सिन्ह्वा) ः अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत पर्ने भर्जिनिया सामुद्रिक तटमा भएको गोली प्रहारसम्वन्धी घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । ती शंकास्पद व्यक्तिले शुक्रबार मानिस धेरै भीड भएको ठाउँमा गोली प्रहार गरेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

सो घटनामा एक जनाको उपचारका लागि लाने क्रममा मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएको भर्जिनियाका स्थानीय प्रहरी प्रमुख जिम केर्भेराले जानकारी दिनुभयो । प्रहरीका अनुसार आक्रमणकारी लामो समयदेखि सार्वजनिक सेवासम्वन्धी काममा कार्यरत थिए । उनले अन्धाधुन्द गोली प्रहार गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

सो घटनामा हाते बन्दुक, राईफल प्रयोग गरेको सो आक्रमणमा नीजको परिचय भने खुलाएको छैन । “भर्जिनिया तटको इतिहासमा यो अहिलेसम्मकै दुःखद् घटना भएको हो,” स्थानीय मेयर बोब्बी ड्योरले भन्नुभयो । भर्जिनिया राज्यका गभर्नर राल्फ नर्थमले पनि वक्तव्य जारी गर्दै निर्मम् घटना भएको बताउनु भएको छ ।

उहाँले शुक्रबार बेलुका भएको यो घटनालाई “विवेकहिन र अक्षम्य घटना”को संज्ञा दिनुभएको समाचारमा जनाइएको छ । स्थानीय समयअनुसार शुक्रबार बेलुका चार बजेतिर घटना भएको हो । घटना भएको भर्जिनिया सामुद्रीक तट अन्त्यन्त ठूलो सहर र लोकप्रिय पर्यटकीय स्थल मानिन्छ । –––