काठमाडौं, २०७६ वैशाख १७ । २०७२ सालको महाभूकम्पले ध्वस्त नेपालका ऎतिहासिक र विश्व सम्पदा सूचीमा रहेका धरोहरहरुको पुनर्निर्माणमा अमेरिकी सरकार र जनताले विशेष सहयोग र चासो दिंदै आएका छन् ।
यसै सिलसिलामा हालैको आफ्नो छोटो नेपाल (काठमाडौं) भ्रमणका क्रममा अमेरिकी विदेश मन्त्रालयकी मध्य तथा दक्षिण एसिया ब्यूरोकी वरीष्ठ अधिकारी एलिस वेल्सले ऐतिहासिक पाटन दरवार क्षेत्रको विभिन्न सम्पदाहरूको अवलोकन भ्रमण सम्पन्न गरेकी छिन।
ऎतिहासिक सम्पदा मध्ये धेरै अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोष अन्तरगत जीर्णोद्दार र संरक्षण कार्य गरिएका परियोजनाहरू रहेको नेपालस्थित अमेरिकी राजदूतावासले बताएको छ।
अमेरिकी विदेश मन्त्रालयकी मध्य तथा दक्षिण एसिया ब्यूरोकी वरिष्ठ अधिकारी एलिस वेल्सको भ्रमणको लागि सबैथोक व्यवस्थापन गरिएकोमा काठमाडौं उपत्यका संरक्षण कोषलाई काठमाडौंस्थित अमेरिकी राजदूतावासले धेरै धन्यवाद दिएको छ ।



