🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शेयर बजार :  फेरि लाग्यो ओह्रालो 

काठमाडौँ, १७ वैशाख (रासस) : एक हजार ३०० को बिन्दुमा पुगेको शेयर पुनःओरालो लागेर एक हजार २९८ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्चनका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.७० बिन्दुले घटेर एक हजार २९८.६० बिन्दुमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार सोमबारदेखि ओरालो लाग्न थालेको हो । 

    यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७४ बिन्दुले घटेर २७९.१० मा पुगेको छ । कारोवार रकम पनि आइतबार, सोमबारको तुलनामा घटेको छ । अर्ब माथिको कारोवार घटेर रु ९५ करोडमा झरेको छ । कूल १७६ कम्पनीको २९ लाख ६७ हजार ३५८ कित्ता शेयर रु ९५ करोड ८६ हजार ९३६ मूल्यमा खरीद बिक्री भए । 

    स्टकका अनुसार कूल ११ उपसमूहको कारोवार भएकोमा दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर घटेको छ । जलविद्युत् ४५.४९ र वित्त १.०३ बिन्दुले बढेको छ । बैंकिङ ९.८२, व्यापार ४.८२, होटल २४.८८, विकास बैंक २.७३, निर्जीवन बीमा २०५.३१, उत्पादन ५.३७, अन्य ६.९, लघुवित्त १८.०२ र जीवन बीमा २०१.८२ बिन्दुले घटेको छ । 

    स्टकका अनुसार घटेको बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता रु एक हजार २७१ मूल्यमा रु १६ करोड सात हजार २५८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । 

    यस्तै नेपाल बैंक लिमिटेडको प्रतिकित्ता रु नौ करोड ३१ लाख सात हजार १९८ मा कारोवार भई दोस्रो स्थानमा रह्यो । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु तीन करोड ७९ लाख ११ हजार ४८९, कुमारी बैंक रु तीन करोड ७६ लाख ४८ हजार १७४, सानिमा माई हाइड्रोपावर रु तीन करोड ४० लाख एक हजार १६६, छिमेक लघुवित्त वित्तीय संस्था रु दुई करोड ९५ लाख सात हजार १४९ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

    स्टकका अनुसार सानिमा माई हाइड्रोपावर कम्पनीका शेयरधनीले ९.९६ प्रतिशतले कमाए । यस्तै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ९.७१, यूनाइटेड मोदी ८.१८, रैराङ हाइड्रोपावर ६.५९, नेशनल हाइड्रोपावरका शेयरधनीले ५.८० प्रतिशतले कमाए तर रैराङ र नेशनल हाइड्रोपावरको शेयर भने रु १०० भन्दा तल रहेको छ । 

    यसैगरी राष्ट्रिय बीमा कम्पनी ५.८९, एशियन लाइफ इन्स्योरेन्स ४.९५, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ४.५०, नेपाल इन्स्योरेन्स कम्पनी ३.८१, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.७८ प्रतिशतले गुमाए ।