🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 क्षेत्री समाजको तेस्रो केन्द्रीय महाअधिवेशन शुरु        

        पोखरा, २३ चैत : क्षेत्री समाज नेपालको दुईदिने तेस्रो केन्द्रीय महाअधिवेशन आजबाट पोखरामा शुरु भएको छ । राष्ट्रिय अखण्डता र जातीय सद्भावनाका निम्ति ‘क्षेत्री एकता आजको आवश्यकता’ मूल नाराका साथ शुरु भएको सो अधिवेशनमा ४२ जिल्लाको ४५० प्रतिनिधिको सहभागिता छ ।

    
सो महाअधिवेशनको उद्घाटन गर्दै सांसद एवं समाजका सल्लाहकार सूर्यबहादुर केसीले जातीय सद्भावलाई कायम राख्दै क्षेत्री समाजले धर्म र संस्कृतिको जर्गेना गर्ने समाजको रुपमा पहिचान बनाएको बताए । राष्ट्रिय एकता र अखण्डताका लागि क्षत्रीले गरेको बलिदानको स्मरण गर्दै उनले मुलुकलाई एकताबद्ध बनाएर अगाडि बढ्नका लागि क्षेत्री समाजलाई अग्रसर भएर अगाडि बढ्नुपर्ने सुझाव दिए  ।     

     
पूर्वप्रधानसेनापति रुक्माङगद् कटवालले पहिलो नेपाली हुनुपर्ने स्मरण गराउँदै नेपाल र नेपालीको अस्तित्व र अखण्डताको रुक्षाका लागि क्षेत्री समाजलाई सबै धर्म, समुदायलाई एकसूत्रमा बाँधेर नेतृत्वको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए  । क्षेत्री समाजका पूर्वअध्यक्ष दिलबहादुर क्षेत्रीले मुलुकको सहअस्तित्वको रक्षा गर्नुपर्ने उल्लेख गर्दै क्षेत्रीलाई संविधानमा अन्यमा राखिएकाले क्षेत्रीलाई पहिचानविहीन बनाउन खोजिएको आरोप लगाए  ।     

     
सांसद् देवेन्द्रराज कँडेलले क्षेत्रीले मुलुुकको रक्षाका लागि अनेकौँ युद्ध लडेको उल्लेख गर्दै मुलुकको एकताका साथै धर्म र संस्कृतिको रक्षाका लागि पनि प्रतिबद्ध हुनुपर्ने विषयमा जोड दिए  । गण्डकी प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री कुमार खड्काले क्षेत्री एकतालाई खण्डित हुन नदिन र तिक्ततालाई बिर्सेर नयाँ नेतृत्वको चयन गर्नुपर्ने उल्लेख गरे  ।  

  
गण्डकी प्रदेशका सदस्यद्वय कृष्ण थापा र रवीन्द्रकुमार थापाले राष्ट्रिय अखण्डतालाई अक्षुण्ण राख्न र जातीय सद्भावलाई अझ बलियो बनाउन क्षेत्री समाजलाई नेतृत्वको भूमिका निर्वाह गर्न सल्लाह दिए  । अर्का प्रदेश सदस्य पुष्पा केसी (भण्डारी)ले क्षेत्री समाजलाई मार्गदर्शन दिने खालको नयाँ नेतृत्वको चयन हुनुपर्ने विषयमा जोड दिए  ।    

 
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नयाँ नेपालको निर्माण क्षेत्री समाजलाई एकतावद्ध भएर महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे  । यसअघि, पोखराको चिप्लेढुङ्गाबाट शुरु भएको क्षेत्री समाजको ¥याली बजारको परिक्रमा गर्दै सभामा परिणत भएको थियो ।     
(रासस)
।