🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चैत १७ गतेदेखि रक्त सञ्चारको सेवा ताहाचलबाट

काठमाडौँ, १५ चैत : रक्त सञ्चार केन्द्रले देशका विभिन्न ७३ जिल्लामा सञ्जाल विस्तार गरी १०८ कार्यालयमार्फत सेवा प्रदान गरेको छ । 

विंस २०२३ मा स्थापना भएको केन्द्रले १०८ कार्यालयमध्ये १६ कार्यालयमा अत्याधुनिक सेवा सञ्चालनगर्न सक्ने जनशक्ति विकास गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा मनिता राजकर्णिकारले केन्द्रले विभिन्न सङ्घ संस्थामार्फत रक्तदानको चेतना फैलाएर रगत सङ्कलन गर्ने गरेको बताउँदै देशभर वार्षिक तीन लाख ४४ हजार ९३३ पिन्ट रगत वितरण गरेको जानकारी दिए  । 

हाल ललितपुरको बालकुमारीबाट सेवा प्रदान गर्दै आएको उक्त संस्थाले सेवाग्राहीलाई टाढा र असुविधा भएका कारण उनीहरुको सुविधाका लागि यही चैत १७ गतेदेखि ताहचलस्थित केन्द्रीय कार्यालयबाट सेवा दिने भएको छ । विगतमा भृकुटीमण्डपबाट सेवा प्रदान गरेको भए पनि विसं २०७२ वैशाखको भूकम्पपछि भवनमा जोखिम आएका कारण सोही वर्षको पुस १ गतेदेखि बालकुमारीबाट सेवा प्रदान गरिएको थियो । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा केन्द्र सञ्चालन हुँदै आएको छ ।  (रासस)