🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आयोगमा दुई डाक्टर सदस्य थपिए

 हेटौँडा, १६  चैत  : प्रदेश ३ सरकारको मन्त्रिपरिषद्ले प्रदेश नीति तथा योजना आयोगमा दुई सदस्य थप गरेको छ । 

मुख्यमन्त्री डोरमणि पौडेललकोअध्यक्षतामा चैत १५ गते बसेको मन्त्रिपरिषद् बैठकले डा रेणु राजभण्डारी र डा रामचन्द्र ढकाललाई सदस्यमा नियुक्त गरेको हो । उनीहरुको नियुक्तिसँगै अब प्रदेश नीति तथा योजना आयोग चार सदस्यीय बनेको छ ।

डा खिमलाल देवकोटा उपाध्यक्ष रहेको आयोगमा यसअघि उपाध्यक्षबाहेक श्याम बस्नेत एक जना मात्र सदस्य रहेका थिए  । मुख्यमन्त्री नै अध्यक्ष रहने सो आयोगमा मुख्यमन्त्रीबाहेक पाँच जना रहनुपर्ने प्रावधान भएकाले थप एक जना नियुक्त गरिने आयोगका उपाध्यक्ष देवकोटाले जानकारी दिए  । 

(रासस) 
–––