🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सचिव यता न उता ! स्वास्थ्यमा भद्रगोलै भद्रगोल 

काठमाडौं । उप्रप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र डा. पुष्पा चौधरीबीचको कटुतापूर्ण सम्बन्ध अन्त भएको छ । र, सचिव चौधरी मन्त्री यादवको मन जित्न सफल भएकी छन् । चौधरीले मन्त्रीलाई प्रभावमा पारिसकेपछि अर्का सचिव चन्द्रप्रसाद घिमिरे भने यता न उताका भएका छन् । मन्त्रालयका सबै काम मन्त्रीले डा. पुष्पा चौधरीबाट गराउन थालेपछि घिमिरे अलपत्र परेका हुन् । मन्त्री यादवले ६ एक बर्षको बीचमा निमित्त समेत ४ सचिवसँग काम गर्न भ्याइसकेका छन् । सुरुमा मन्त्री भएपछि डा. पुष्पा चौधरी सचिव थिइन् । 

उनीसँग पछि कुरा नमिलेपछि सरुवा गरेर निमित्त सचिवको रुपमा डा. सुशील प्याकुरेललाई अख्तियारी दिए । त्यसपछि पुनः केदारबहादुर अधिकारी सचिवको रुपमा आए । उनीसँग पनि कुरा नमिलेपछि उनी उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भए । उद्योगका सचिव चन्द्रप्रसाद घिमिरे स्वास्थ्य मन्त्रालयमा गए । तर घिमिरे गएपछि उनलाई अधिकारविहीन बनाई मन्त्री यादवले सबै अधिकार डा. पुष्पा चौधरीलाई दिएका छन् ।  

मन्त्री यादवले सचिव चौधरीले सरुवा बढुवामा रकम असुली गरेको र उनीसँग काम गर्न नसक्ने भनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई २०७५ असोज २९ मा उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको थियो । संसदीय समितिले स्वास्थ्य सचिव चौधरीलाई बोलाएर सरुवा बढुवामा पैसाको कारोबार हुने गरेको, पैसा नआउने भएपछि १२ औं तहको दरबन्दी खाली भएको महिनौंसम्म पनि प्रक्रिया अगाडि नबढाएकोबारेमा ¥याख¥याख पारेको थियो । कर्मचारी सरुवा नीति नियम र मापदण्ड विपरीत भएको प्रतिवेदन त महेन्द्र श्रेष्ठको छानबिन समितिले नै दिएको थियो ।

मापदण्ड अनुसार ४५ शैयाको अस्पताल समेत बनाउन नमिल्ने काठमाडांंैं नेशनललाई ३ सय शैयाको अस्पताल बनाउन दिएको स्वीकृति दिने क्रममा ठूलो आर्थिक लेनदेन गरेको आरोप सचिव चौधरीमाथि लगाउँदै उनलाई सरुवा गरिएको थियो । तर उनले प्रधानमन्त्री कार्यालयमा विशेषज्ञको दरबन्दी नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दिएर २०७५ कात्तिक १६ मा सरुवा कार्यान्वयन नगर्ने अन्तरिम आदेश गराएकी थिइन् ।

जुन आदेश प्रधानमन्त्री कार्यालयमा गएपछि त्यहाँको पत्रका आधारमा उनी पुनर्वहाली हुनुपर्नेमा सोझै मन्त्रालयमा गएपछि मन्त्री यादव झन् रुष्ट भएका थिए । र, डा. सुशील प्याकुरेललाई निमित्त सचिवको जिम्मेवारी दिएका थिए । प्याकुरेलले निमित्तको पत्र नपाउँदै अर्का सचिव केदारबहादुर अधिकारी आए । अधिकारीसँग मन्त्रीको कर्मचारी सरुवाकै बिषयमा कुरा नमिलेपछि उनी उद्योग मन्त्रालयमा गए ।

समायोजन गर्नेबेलामा कर्मचारी सरुवा नगर्ने अडान सचिवले लिए । सरुवामा राज्यमन्त्री डा.सुरेन्द्र यादवसहित मन्त्रीनिकटहरूले आर्थिक चलखेल गरेका कारण गर्नैपर्ने भनेपछि उनले मानेनन् । मन्त्री यादव अर्का सचिव डा. पुष्पा चौधरीसँग नजिकिए । उनीबाटै काम लिन थाले । त्यसपछि सचिव अधिकारी उद्योगमा गए । उनी गएपछि चन्द्र घिमिरे आए । यादवले स्वास्थ्यमा दुई सचिव भएकाले एउटाले नमाने अर्कासँग गराउन थालेका छन् । पछिल्लो समयमा सचिव चौधरीले मन्त्रीले भनेका काम सबै गर्न थालेपछि उनलाई नै अधिकार दिइएको छ । 

आपूर्ति शाखामा चौरसिया हावी

स्वास्थ्य मन्त्रालयको ब्यवस्थापन महाशाखा छ । त्यसका निर्देशक. रमेश अधिकारी छन् । तर उनी थपना मात्र हुन् । ब्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाका प्रमुख हुन्, डा. सुरेन्द्र चौरसिया । त्यस शाखाबाट उपकरण खरिद, मर्मत सबै कामको ब्यापारीसँग डिल गर्ने काम चौरसिया र हेल्थ असिस्टेन्ट ललन साहले गर्ने गरेको स्रोतको दावी छ ।

उनीहरूले जे जे भन्छन्, निर्देशक अधिकारीले त्यसै अनुसार गर्दैआएका छन् । बीचमा सचिव डा.चौधरीले रमेश अधिकारीलाई मन्त्रालयमा तानेर मोहम्मद दाउदलाई ब्यवस्थापन महाशाखाको निर्देशकमा पठाएकी थिइन् । चौरसिया मन्त्री यादवका विश्वासपात्र हुन् । त्यतिबेला सचिव चौधरीले चौरसियाको सहमतिविना दाउदलाई ब्यवस्थापन महाशाखाको निर्देशकमा पठाएपछि मन्त्री यादव रुष्ट भएका थिए  ।  

चौरसियाले मन्त्रीलाई सबै रिपोर्टिङ गरेपछि सचिव चौधरीलाई मन्त्री यादवले सरुवा गरेका थिए । डा. सुरेन्द्र चौरसिया स्वास्थ्य मन्त्रालयमा शक्तिशाली मानिन्छन् । जुन पार्टीको स्वास्थ्य मन्त्री भए पनि उनी प्रभावमा पार्नसक्ने खुबी भएका भनेर चिनिन्छन् । उनी सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे जस्ता आकर्षक जिल्लामाा सधैं जनस्वास्थ्य प्रमुख भएर फाइदा लिने सीमित कर्मचारीमा पर्दछन् । उपेन्द्र यादव मन्त्री भएपछि उनी अझ शक्तिशाली भए । 

स्वास्थ्य सेवा विभागका उपसचिव बाबुराम लामिछानेविरुद्ध  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ फागुन ३ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उपसचिव लामिछानेले यातायात व्यवस्था कार्यालय गण्डकी अञ्चल पोखरामा शाखा अधिकृतका रुपमा काम गर्दा भाडाका सवारी साधन दर्ता गर्दा नियमविपरीत दर्ता गरेको र पुरानो सवारी साधन विस्थापित गर्दा प्रक्रिया नपु¥याई विस्थापन गरी नयाँ सवारी साधन दर्ता गरेको आरोप लागेको छ । कर्मचारी सरुवामा आर्थिक चलखेलकै लागि मन्त्री यादवका निकटहरूले उनलाई विभागमा ल्याएका थिए । 

समाचार स्रोत भन्छ, स्वास्थ्य मन्त्रालयमा ठेक्कापट्टादेखि सरुवा बढुवामा कमिसन उठाउने काम मन्त्री यादवका निजी सचिव भवनाथ खतिवडाले गर्दैआएका छन् । उपसचिव खतिवडा शेरबहादुर देउवा सरकारका स्वास्थ्य मन्त्री दीपक बोहराका पालादेखि स्वास्थ्य मन्त्रालयमा मन्त्रीलाई चुक्ली लगाउने र फाइदा लिने भनेर चिनिन्छन् । उनकै डिजाइनमा बोहरापछि उपेन्द्र यादव पर्दैआएका छन् ।  

त्यसैगरी सिंहदरवार बैद्यखानाका प्रमुख बंशदीप खरेललाई सर्वोच्च अदालतले पुनर्वहाली गरेको छ । आठौं तहका खरेल पुनर्वहाली भएपछि बैद्यखानामा हाजिर गर्न गएका थिए । तर निमित्त प्रमुख हरदेव यादवले कार्यकक्षमा तालाबन्दी गरी गाडी समेत लिएर नआएपछि उनले कार्यकक्षमा नगरी अर्कै कोठामा पदबहाली गरे । तर मन्त्री उपेन्द्र यादवले उनलाई मन्त्रालयमा काजमा तानेका छन् । र, निमित्त हरदेव यादवलाई नै निमित्त प्रमुखमा कामकाज गर्न बाटो खोलिदिएका छन् ।

हरदेव यादव छैटौं तहका अति कनिष्ट हुन् । तर तिनै कनिष्टलाई सिंहदरवार बैद्यखानाको नेतृत्व दिइएको छ । उनको ध्यान बैद्यखानाको विकास भन्दा पनि कसरी हुन्छ कमाउनेमा मात्र केन्द्रित रहेको समाचार स्रोत बताउछ । (साँघु साप्ताहिक, चैत ४)