🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रिय झण्डासहितको एन्फाको नयाँ प्रतीक चिन्ह र जर्सी 

काठमाडौँ, २० फागुन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आफ्नो नयाँ प्रतीक चिन्ह (लोगो) र राष्ट्रिय टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गरेको छ । 

आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, नेपालका लागि केल्मीका आधिकारिक बिक्रेताका प्रतिनिधि प्रदीप न्यौपाने लगायतले प्रतीक चिन्ह र जर्सी सार्वजनिक गर्नुभएको हो । 

पोखराका सन्दीप तिवारीले एन्फाको नयाँ लोगो तयार गरेका हुन् । ५७० प्रतिस्पर्धीलाई पछि बनाउँदै तिवारीको प्रतीक चिन्ह उत्कृष्ट बनेको हो । कार्यक्रममा लोगो तयार गरेवापत एन्फाले तिवारीलाई रु ५० हजार पुरस्कार प्रदान गरेको छ । 

नयाँ लोगोको माथि सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ । पुछारमा फुटबलको चिन्ह छ । फुटबलमा सात प्रदेशलाई प्रतिनिधित्व गर्ने घेरा राखिएको छ । एन्फाको लोगो दोस्रो पटक परिवर्तन भएको हो ।

यसअघि २०६२/६३ को जनआन्दोलनपछि परिवर्तन गरिएको थियो । त्यसबेला हाल रहेको लोगोको मध्य भागमा रहेको श्रीपेच हटाएर फुटबल राखिएको थियो । 

यस्तै नेपाली राष्ट्रिय टोलीको नयाँ जर्सी एकै ढाँचाको रहेको छ । यसअघि नेपाली टोलीले फरक फरक कम्पनीका फरक फरक ढाँचाको जर्सी प्रयोग गर्दै आइरहेको थियो । नयाँ जर्सी सधँैको झैँ रातो र निलो रङमा रहेको छ । जर्सीको अघिल्लो भागमा सगरमाथाको प्रतीक राखिएको छ । 

यसअघि रहँदै आएको जर्सीमा बायाँपट्टि राष्ट्रिय झण्डा रहेको थियो । अब उक्त स्थानमा एन्फाको लोगो हुनेछ । राष्ट्रिय झण्डा अब जर्सीको पछाडि हुनेछ । जर्सीको डिजाइन एन्फा आफैले निर्माण गरेको हो । 

एन्फाको नयाँ जर्सी चिनिया कम्पनी केल्मीले निर्माण गर्नेछ । एन्फाले केल्मीसँग दोस्रो पटक प्रायोजन सम्झौता गरिसकेको छ । यस्तै एन्फाले फुटबल टोलीको गीत सार्वजनिक गरेको छ । गीत राष्ट्रिय धुनका रचनाकार ब्याकुल माइलाले रचेका हुन् ।

गीतमा आनन्द कार्की, शिव परियार, इन्दिरा जोशी लगायतको स्वर रहेको छ । एन्फाले नयाँ लोगो र जर्सीको लागि गत साउनमा खुल्ला छनोटका लागि विज्ञापन निकालेको थियो । 

सो अवसरमा सदस्य सचिव विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी चैत १५ गतेदेखि शुरु हुने दाबी गरे  । उनले भने, “पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ, हामी चैत १५ गतेदेखि प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेका छौँ  ।” 
–––