🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

६६२ मध्ये २१५ सहसचिवको पदस्थापन

काठमाडौँ, २० फागुन (रासस): सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन रोजेका ६६२ मध्ये २१५ सहसचिवको पदस्थापन गरेको छ । 

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार अझै ४४७ सहसचिवको पदस्थापन बाँकी छ । पदस्थापना भएकामध्ये १८६ जना सङ्घ, २६ जना प्रदेश तह र तीन जना स्थानीय तहमा जाने भएका छन् । बाँकी समायोजन रोजेका सहसचिवको चाँडै नै पदस्थापना गरिने अधिकारीले बताए  । 

सङ्घमा ५६० र प्रदेशमा १०२ सहसचिवले समायोजन रोजेका थिए । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याई तीनै तहमा समायोजन गरेका हो । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो ।

करीब ८७ हजार कर्मचारीमध्ये झण्डै ७७ हजारले समायोजन रोजेका छन् । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ । 
–––