🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जनतालाई रनभूल्लपारी जंगलवाट महलमा रमाउनेहरुलाई केही गम्भीर प्रश्न

''आज नेपाल राष्ट्र ईतिहास मै सम्वेदनशील अवस्थामा छ । निर्णय लिन गाह्रो परेको वेला मातृभूमिको एक मुठी माटो लिएर छातीमा राखी सोधौ त्यसले जे भन्छ त्यही गरौ । मूल्यमान्यता, आदर्श तथा सिध्दान्तहीन राजनैतिक अस्थिरता एवै अनुत्तदायी नेतृत्वशैलीका कारण देश राष्ट्रवादमा केन्द्रित  रहुन नै जन्मभूमिको माग हो ।''
    देशको अत्यन्तै दुःखद तथा सम्वेदनशील घडिमा अध्यादेशवाट स्थापित भई नागरिकको रक्षा तथा कानूनी राज्यको अनूभूति गराउन गठन भएको सशस्त्र प्रहरी बलले औपचारिकता प्राप्त गरी निशान प्राप्त गरेको दिन कार्तिक ७ गतेले संगठन तथा हामी अवकाश प्राप्त तथा वहालवाला सशस्त्र प्रहरी राष्ट्सेवकहरुका लागि महत्वपूर्ण दिन हो । यस संगठनको महत्व आजका दिनमा झनै बृध्दि भएको छ ।

 विगतको अपराधिक व्यक्तिहरुले  २१ औ शताव्दीको लोकतान्त्रिक प्रजातान्त्रिक  गणतन्त्रमा राजनैतिक संरक्षण, सम्मान तथा स्थान पाउन सक्नु देशको लागि अभिसाप नै हो । तथापि  जन्मभूमिप्रति कुनै पनि हालतमा विचलित नहुन देशको सेना र सवै सुरक्षा फौजहरुको कर्तव्य र अपरिवर्तनीय आदर्श हुन । आफनो औपचारिकताको वास्तविक दिनमा हर्ष उल्लास पुनरमिलन तथा समीक्षा र अमर सशस्त्र प्रहरी प्रति भावपूर्ण श्रद्धान्जलीका लागि पनि घृणित नेताहरुको प्रमुख आतिथ्यको फुर्सदको समय कुर्नु पर्ने वाध्यता र विडम्बनाले यसपाली पनि निरन्तरता पाएकोमा दुःखलाग्नु स्वभाविक छ ।

 देशमा को कुन राजनीतिक दल कुन सिद्धान्त र मूल्यमान्यतामा आधारित छन भन्ने बुझ्न जनता अन्योलमा रहेको अवस्थामा, राष्ट्रियता  र  राष्ट्रको  हकहित, स्वतन्त्रता र स्वाभीमानमा खेलवाड एवं अनुत्तरदायी भएको हरकत कृयाकलापहरुले देश, सेवा तथा जनताप्रति वफादार सुरक्षा फौजहरुको अपरिहार्यतामा थप पुष्ट्याई दिईरहेकोछ । जसवेला रातदिन नेपालीका छोरा छोरी मारिइ र काटिईरहेका थिए, सम्पत्तिको लुटपाटले चरम सीमा नाघिरहेका थिए । हो सोही खतरा र चुनौतीको वेला नेपाल प्रहरीवाट केही ३.३ राईफल र भिडनियन्त्रणका असवाफ, ७०५२ दरवन्दी सहित  करीव ९०००+ तथा नेपाली सेनावाट ११९ जना र ११९ वटा गोली विनाको एस.एल. आर. सहित गठन भएको अर्धसैनिक प्रकृतिको यो फौजको सहासिक, व्यवबायिक तथा वफादारिताको योगदान ईतिहासमा सुनौलो अक्षर लेखिई सकेको छ ।

   हिजो जो जुन शक्तिसंग आमनेसामन्ने भई अव्वल र सहासिक भएर सुरक्षा काम कार्वाहीमा मानव अधिकार तथा सुरक्षा कार्वाहीको आदर्शलाई एकल तथा संयुक्त तैनाथी र परिचालनमा प्रदर्शित आचरण, व्यवहार, व्यवशायिकताका गौरवमय  ईतिहास र पहिचान भईसकेको छ । आज प्रश्न उठिरहेको छ  । कसका लागि किन लड्यौ ? किन  जनआन्दोलनको माग पूरा भएन ?  किन  वुलेट टू व्यालेटमा आएर पनि माओवादी जनआन्दोलनका हिमायतीहरुले राष्ट्रियता   र देश विकासको वाटो छाडेर लम्पसारवाद, 'एसमेन'शीपमा लागि राजनीतिक मूल्य मान्यता र सिद्धान्तलाई भुलेर  जनतालाई रनभूल्लपारी जंगलवाट महलमा रमाईरहेका छन ?  आज आम नेपालीले गर्ने साझा प्रश्न यही हो।  

  आज प्रश्न उठेको छ… माओवादी ''जनयुध्द''को औचित्य के थियो ? किन आज कम्युनिष्टहरु निजी सम्पत्ति जोड्ने र वैध अबैध व्यापारमा लाग्दैछन ? किन प्रजातन्त्रवादीहरु कम्युनिष्टका लागि भोटमाग्न राजी छन ? राष्ट्रवादीनामका दल किन देशको संस्कृति र संस्कारका बेच्दैछन ? किन अदालतवाट दाेषी ठहरेका ठूला अपराधी पक्राउ पर्दैनन ? देशका राजनीतिक दलको जानकारी विना संविधानमा विश्वको एकमात्र हिन्दूराज्य नेपालको पहिचान नासिन्छ ? किन ठूला भ्रष्टाचारी  उम्कन्छन ? किन अख्तियारले अनुसन्धान गरी माग गरेकाे जरिवाना मागदावी करोडाैवाट अदालतामा पुगेपछि हजारमा खस्द छ   ? किन लाेकमान जस्ताकाे नियुक्ति हुन्छ ? किन महाअभियाेग दर्ता  र खारेजी हुन्छ लाजमर्दो, घिन लाग्दाे किसिम यो व्यवस्था चलिरहेछ ? किन कोही जनताकाे डर मान्दैनन ? किन तस्कर माफियाकाे जालाेमा नेता लटपटिन्छन ? दशौ वर्ष प्रचण्ड, वावुरामलगायत उच्च नेतृत्वहरु समेत छिमेकी भारतमा नै संरक्षित रहनु तथा सशस्त्र तालिम भारत भूमिमा भएको तथ्यहरुको विविध खुलासा हुनु । सशस्त्र प्रहरी वललाई हातहतियार, खरखजना, संचार , यातायात साधन तथा तालिम रातारात दिईनु, माओावदीलाई भारत तथा अमेरिकावाट समेत आतंककारी घोषित भएका स्मरणहरु भारत झारखण्डमा माओवादी आतंकवाद मौलाई रहनुले आफै रनभूल्लमा रहनु पर्ने अवस्था छ  । के अव एक पटक वास्तविक जनअान्दाेलन नै थालनी हुनै पर्ने हाे त ?

 सुरक्षा सम्वेदनशीलता चुनौती  एक देशको सीमाभन्दा पनि वाहिरका अवस्था तथा ईच्छा रणनीतिहरुको प्रभाव पर्ने प्रवृति आजको सुरक्षा खतराको मूल पाटो हो । सुरक्षा सम्वेदनशीलता चुनौती एक देशको सीमाभन्दा पनि वाहिरका अवस्था तथा ईच्छा रणनीतिहरुको प्रभाव पर्ने प्रवृति आजको सुरक्षा खतराको मूल पाटो हो । सुरक्षित र व्यवस्थित नेपालले मात्रै  आफ्ना छिमेकीहरुलाई ईज्ज, विश्वास सहित सुरक्षा र सहायोग सदभाव दिन सक्छ । अपराध र आतकंवादका स्पष्ट परिभाषा र तिनकाविरुद्धको एकमत र सहमतिको कार्यान्वयन आजको आवश्यकता हो ।

 कीर्ते कागज वनाउने नेतृत्व, फौजी तालिम नगरेकाले संगठनको नेतृत्व गर्ने सरकारी निर्णय, वढुवामा नेतालाई घुष ख्वाउने पर्ने बाध्यता, सिपाहीको राशन मार्ने कुकर्महरु अवका दिनमा नदोहोरिउन । विगतमा एकाद अवसरवादी चटके व्यक्ति विशेषहरुको अल्पदृष्टि तथा व्यक्तिगत सोच र घुषखोरी तथा कीर्ते, अयोग्य असक्षमहरुको पदोन्नति जस्ता घृणित  हरकतले सिंगो संगठन र सवैलाई पाठ सिकाएको छ नै ।

   राजनीतिक व्यवस्थाका नाममा ६७ वर्ष खेर गए , प्रजातन्त्र र परिवर्तनवादीहरुले राष्ट्र  र राष्ट्रियता भुले । राजनीतिमा अपराधीकरण र देशका सरकारी संयन्त्रमा अनावश्यक राजनीतिकरण र अनुत्तरदायी गैह्रजिम्मेवारी हरकत र प्रस्तुतिले पट्यारलाग्दो राजनैतिक संक्रमणले देशलाई असफल देश वनाईरहेको छ । अझै लाजघिन पचाएर ईतिहासमा नभएको Political Fusion ले विश्वलाई Confusion मा पारेको छ । देश असफल र माफिया र तस्करकाे पहुचमा रहने हाे भने नेपाली जनता र देशकाे सेना तथा सवै सुरक्षा फाैज र राष्ट्रवादीहरू अव एकजुट भइ गाेलवध्द हुनुकाे विकल्प छैन । कसैले पनि पछुताउनु नपराेस । अव विकासका लागि राजनीति तथा विकासका लागि सुरक्षा ! 

 आज नेपाल राष्ट्र ईतिहास मै सम्वेदनशील अवस्थामा छ । निर्णय लिन गाह्रो परेको वेला मातृभूमिको एक मुठी माटो लिएर छातीमा राखी सोधौ त्यसले जे भन्छ त्यही गरौ । मूल्यमान्यता, आदर्श तथा सिध्दान्तहीन राजनैतिक अस्थिरता एवै अनुत्तदायी नेतृत्वशैलीका कारण देश राष्ट्रवादमा केन्द्रित  रहुन नै जन्मभूमिको माग हो ।
  देशको कुनै पनि सुरक्षा फौजलाई कुनै एक अर्काको नवनाउनेतर्फ देशका सवै राजनीतिक दलहरुको धारणामा एक मत हुनै पर्दछ । संघीय नेपालको सफलता नै सुरक्षाफौजहरुको निश्पक्षता, सहास र ईमान्दारितामा भरपर्दछ । देशका सुरक्षा फौजहरु, राष्ट्वादी जनता जनार्दन मिलेर अनुत्तरदायी प्रणाली तथा व्यक्ति विशेषलाई जन अदालतको कठघरामा ल्याउने दिन नआवस अझै सुधारको मौका छ सुध्रीन पर्नेहरु चाडो सुध्रिउन ।

 विगतको अनुशासन, ईमान्दारिता, देशप्रतिको वफादारिता र व्यवसायिकताको जगमा उभिएका ईमान्दार वफादार युवा पीढीहरु सक्षम र सवल छन । अर्धशैनिक प्रकृतिको सशस्त्र फौज समयानुकूल साधन सम्पन गराई Mobility Capability वढाएर उच्च मनोवलमा राख्नु अपरिहार्य देखिन्छ । एउटा सुरक्षा फौज अर्कोको विकल्प वनाउनु देशको लागि घातक हुनेछ । नेपालको संघीयताको सफलता नै सुरक्षा फौजको ईमान्दारिता, सक्षमता र व्यावसायिकतामा भरपर्ने छ । सशस्त्र प्रहरी बल गठनको औचित्यताले अझै साकाररुप लिईरहेको छ। हचुवाको भरमा प्रहरीको अगाडि सशस्त्र शव्द मात्र राखेर प्रयोग गर्ने कुचेष्टा कुनै पनि दल विशेषवाट नहोस पछि पछुतापमा जल्नु नपरोस, गोहीके आशु खसाल्ने दिन नआवस ।

 अतः विगतवाट सिकेको अनुभव र पाठवाट वर्तमान र भविष्यको सुरक्षा चुनौतीहरुको सामना गर्न गराउन सशस्त्र प्रहरीबलका सकल दर्जाका राष्ट्सेवकहरुलाई संगठनकी कुलदेवी माता वगलामुखीले सदा कल्याण गरुन, सदैव सहास, विवेक सदगुण शक्ति  व्यवसायिका  र देशप्रति वफादार भईरहनमा आशीर्वाद दिउन । 
(१७ औं वर्षगाँठको अवसरमा सकल सशस्त्र प्रहरी, सशस्त्र प्रहरी राष्ट्सेवकहरुमा शुभकामना, अमर सशस्त्र प्रहरी भावपूर्ण श्रद्धान्जली, असक्तहरुको स्वास्थ्यलाभको कामना ।)  जय जनता ! जय देश !