🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पावरलिफ्टिङ्गमा बाबु–छोरा : नेपाललाई ऐतिहासिक सफलता !!

नयाँदिल्लीे । भारतको नयाँदिल्लीमा जारी बिश्व पावरलिफ्टिङ्ग प्रतियोगितामा नेपाललाई ऐतिहासिक सफलता प्राप्त भएको छ । प्रतियोगितामा सहभागी हुन गएका बाबु–छोरा दुवैले उत्कृष्ट प्रदर्शनका साथ पदक हात पार्दै इतिहास रच्न सफल भएका हुन् ।

बाबु ज्ञानेन्द्र नकर्मीले मास्टरतर्फ रजत पदक हात पार्दा पहिलो पटक प्रतियोगितामा सहभागी भएका छोरा रोजिन नकर्मीले सब जुनियर (१९ बर्ष मुनि) कास्य पदक प्राप्त गर्न सफल भएको ज्ञानेन्द्र नकर्मीले दिल्लीबाट जानकारी गराएका छन् ।

यसअघि सन् २०१४ मा दिल्लीमा नै भएको प्रतियोगितामा पनि ज्ञानेन्द्रले स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए । पावरलिफ्टिङ्गमा नेपाली खेलाडीको उच्च प्रदर्शन रहंँदै आएको छ । 

२०१४ मा दिल्लीमा नै भएको सोही प्रतियोगितामा बुद्धिजंग कार्कीले रजत पदक प्राप्त गरेका थिए । यस्तै २०१५ मा केरलामा भएको प्रतियोगितामा ज्ञाननारायण महर्जन र २००५ मा दिल्लीमा भएको प्रतियोगितामा दिनेश श्रेष्ठले कास्य पदक हात पार्न सफल भएका थिए ।