🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जिल्ला अस्पताल बाजुरामा जिवनजलको अभाव, विरामीलाई सास्ती

बाजुरा ।  जिल्ला अस्पताल बाजुरामा जिवनजलको अभाव भएको छ । झाडापखाला लाग्दा जोगाउने अचुक औषधिको रुपमा मानिने ओआरएस अर्थात जिवनजल अस्पताल बाजुरामा अभाव भएको पाइएको हो । 

सरकारले निःशुल्क वितरण गर्दै आएको जीवनजल अहिले अस्पताल बाजुरामा नभएको पाईएको छ । जिवनजल नहुँदा झाडापखालाका विरामीहरुले सास्ती खेप्नु परेको छ ।

झाडापखाला लागिरहेको बेला अस्पताल गएर जीवनजल माग्न खोज्दा सकिएको र जीवनजल सकिएको हो भनेर  सोध्दा स्वास्थ्यकर्मीले उतर दिन अन्कनाई गरेको स्थानीय गणेशराज तिमिल्सेनाले बताए । 

यता अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीसंग फोनबाट सोध्दा सायद सकिएकै हुन सक्ने जवाफ दिएका छन् । जीवनजल सकिएकै होला, नयाँ खरिद प्रक्रियाको कार्य भईरहेकोले चाडैं खरिद गरिने जवाफ दिए ।

स्वास्थ्य कार्यालय बाजुराले आपतकालीन रूपमा एक सय पाकेट उपलब्ध गराएको थियो । तर दुई दिनमै सकिएको हो ।