🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चलखेल र दाउपेच गर्ने जर्नेलको सुरु भयो छटपटी !

काठमाडौं । नेपाली सेनाको इन्जिनियर विभागका प्रमुख उपरथी योगेन्द्र खाँड दांत फुक्लिएको सिंह जस्तो अवस्थामा पुगेको खबर छ । सेनाको महत्वपूर्ण र कमाउ विभागको रुपमा रहेको सेनाको  निर्माण सम्बन्धी कामहरु इन्जिनियर विभागका प्रमुख खाँडको हातबाट खोसेर अन्यत्र विभागमा स्तान्तरण गरिएका छन् । इन्जिनियर विभागका प्रमुख खाँडको नेतृत्वमा रहेको स्थपति निर्देशनालयलाई सेनाले प्रबन्धरथी विभाग अन्तरगत हालेको छ ।   रेगुलर बजेटबाट निर्माण हुने लगभग एक अर्बको काम पनि इन्जिनियर विभागका प्रमुख खाँडको हातबाट खोसेर प्रबन्ध रथी विभाग अन्तरगतको स्थपति विभागमा पु¥याइएको छ ।

इन्जिनियर विभागका प्रमुख खाँडको नेतृत्वमा अब पुनर्निर्माण सम्बन्धी काम र फास्ट ट्रैक निर्माण रहेको देखिन्छ । फास्ट ट्रैकको नेतृत्व पनि प्रमुख उपरथी योगेन्द्र खाँडले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको इच्छा विपरीत राजनीतिक दवावमा हात पारेको बताइन्छ ।
प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेनाले फास्ट ट्रैक निर्माण सम्बन्धी प्रस्ताव सरकारमा पठाउदा त्यसको निर्माणको नेतृत्व नेपाली सेनाका प्रधानसेनापतिले चयन गर्ने भन्ने रहेकोमा इन्जिनियर विभागका प्रमुख उपरथी योगेन्द्र खाँडले राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर प्रधानसेनापतिको प्रस्तावलाई उल्टाएर इन्जिनियर विभागका प्रमुख उपरथी योगेन्द्र खाँडलले फास्ट टै«क निर्माणको नेतृत्व आपूmले लिन सफल भएका थिए ।

तत्कालीन रक्षा मन्त्री बालकृष्ण खा“डलाई प्रभावमा पारेर प्रधानसेनापतिबाट प्रस्तुत प्रस्तावलाई उल्टाएपछि प्रधानसेनापति क्षेत्रीले उपरथी खाँडले आफ़ूलाई चुनौती दिएको रुपमा लिएको चर्चा त्यसबखत आर्मीमा चलेको थियो । यही कारणले गर्दा अहिले चीफबाट पदावधि थपको सिफारिस नहुने हो कि भन्ने चिन्ता र छटपटीमा उपरथी खाँड परेको चर्चा नेपाली सेनाको इन्जिनियर विभागमा ब्याप्त छ ।   

उपरथी योगेन्द्र खाँडको ३ वर्षे पदावधि २०७४ फागुन १० गते पुग्दैछ । प्रधानसेनापति क्षेत्रीले चाहे मात्रै उपरथी खाँडको २ वर्षे पदावधि थपिन सक्छ । प्रधानसेनापति क्षेत्रीले पदावधि थपको सिफारिस सरकारलाई नगरेमा चार महिनापछि विवादास्पद उपरथी खाँड घर बस्न बाध्य हुनेछन् । उपरथी खाँडले राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर आफ्नो अनुकूल निर्णय गराउनका लागि चलखेल गरेकाले सेनाको नेतृत्व उपरथी खाँडप्रति असन्तुष्ट रहेकाले उनको दुई वर्षे पदावधि सजिलै थपिने कुरामा आशंका पैदा भएको  सैन्य स्रोतले बताएको छ ।

विकास निर्माणमा रामधर
२०७४ कात्तिक ६ गते सहायक रथी उद्धव विष्ट उमेरको हदले अवकास भएपछि रिक्त रहेको विकास निर्माण निर्देशनालयको जिम्मेवारी महासेनानी रामधर सिंहलाई हस्तान्तरण गरिएको थाहा भएको छ । २०७४ कात्तिक ६ गते नै स्थपति निर्देशनालयका निर्देशक तथा सहायक रथी कमाल सिंह प्रधानलाई भेट्रान अस्पतालको जिम्मेवारी पनि हस्तान्तरण गरेर सहायक रथी विष्ट विदावारी भएको सैनिक जनसम्पर्क स्रोतबाट थाहा भएको छ । सहायक रथी विष्टलाई नेपाल सरकारले मानार्थ उपरथीमा पदोन्नति गरेर फास्ट ट्रैकको प्राविधिक डिपार्टमेण्टको जिम्मेवारी दिएको रक्षा मन्त्रालय स्रोतबाट थाहा भएको छ ।

  निर्माण कार्य सम्पन्न हुन केही प्रतिशत मात्र बाँकी रहेको सो भेट्रान अस्पताल लगभग रु. दुुई अर्बको लागतमा सेनाको कल्याणकारी कोषबाट खर्च गरिएको बताइन्छ । भेट्रान तथा सिभिल अस्पताल संचालन गर्ने उद्देश्यले नेपाली सेनाले आफ्नो कल्याणकारी कोष खर्च गरेर निर्माण गरेको भब्य भवनलाई अब सेनाले निजी क्षेत्रलाई भाडामा दिनका लागि बोल पत्र आव्हान समेत गरेको सूचना सार्वजनिक गरिसकेको छ ।