🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हिन्दूलाई गाली, बेइज्जती र धम्की दिने टिकटकर ‘गुण्डा’ नामक इरसाद खान प क्राउ

जनकपुर । समाजिक सञ्जाल टिकटकमा हिन्दूहरुलाई गाली गलोज र धम्की दिने भिडियो बनाउँदै आएका जनकपुरधामका टिकटकर इरसाद खान पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले खानलाई बिहीबार पक्राउ गरेको हो । उनले ‘गुण्डा’ नाम गरेको टिकटक आईडी बनाएर खुलेआम हिन्दूहरुलाई गाली गर्नुका साथै मार्ने धम्की दिँदै आएका थिए ।  

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ का समिम खानका २३ बर्षीय छोरा इरसाद खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिंहले जानकारी दिए ।
खानले विदेशमा हुँदा समेत हिन्दू धर्मावलम्बीहरुलाई टारगेट गरी भिडियो बनाउने, गैरसमाजिक वक्तव्य दिने जस्ता छाडा गतिविधि गर्दै आएका थिए ।