🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतमा १५ अगस्तमा स्वतन्त्रता दिवस मनाउँदा गोवामा भने १९ डिसेम्बरमा मनाउँछन्, किन ?

काठमाडौं, ३० साउन । भारतमा हरेक वर्ष १५ अगस्टका दिन देशैभर स्वतन्त्रता दिवस मनाइन्छ, पाकिस्तानमा भने हिजै स्वतन्त्रता दिवस मनाइएको थियो । भारत आज स्वतन्त्रताको उत्सवमा डुबेको छ, यो दिन गोवाका लागि पनि उत्साहको दिन हो तर स्वतन्त्रताको कथा यहाँ अलि फरक रहेको छ ।

किन भने गोवाको स्वतन्त्रता १५ अगस्तमा भएको थिएन, झन्डै १४ बर्ष पछि मात्रै स्वतन्त्र भएर भारतमा सामेल भएको थियो । किनभने, यसको एउटा ऐतिहासिक कारण रहेको छ ।

अंग्रेजहरूले देश छोडेर स्वतन्त्रता पाएको दिनलाई भारतीयहरूले अगस्त १५ लाई स्वतन्त्रता दिवसको रूपमा मनाउँछन् तर गोवामा भने १५१० देखि पोर्चुगलको उपनिवेश रहेको थियो । अंग्रेजहरूले भारतमा पाइला टेकेर देश छोडे पनि पोर्चुगिजहरूले यहाँ शासन गरि नै रहेका थिए । भारत स्वतन्त्र भएपछि पनि पोर्चुगिजहरूले सत्ता हस्तान्तरण गर्न अस्वीकार गरिरहेका थिए ।

यही कारण थियो कि १५ अगस्ट १९४७ को मध्यरातमा गोवाबाहेक भारतका सबै भागले अंग्रेजहरूबाट स्वतन्त्रता पाएका थिए तर गोवाले पाउन सकेको थिएन । अब हामी बताउने छौं, उसो भए गोवाले कहिले र कसरी स्वतन्त्रता प्राप्त गर्यो त ?

खासमा गोवाले १९ डिसेम्बर १९६१ सम्म औपनिवेशिक शासनको अधीनबाट मुक्ति पाएको थियो । यसको मतलब भारत ब्रिटिशबाट स्वतन्त्र भएको १४ वर्षपछि बल्ल स्वतन्त्र भएको थियो । गोवामा १६१० देखि पोर्तुगाली उपनिवेश थियो तर ब्रिटिशहरू भने झन्डै एक सय पछि अर्थात सन १६०० मा मात्रै भारत आएका थिए ।

भारतको स्वतन्त्रता आन्दोलन पछि अंग्रेजहरू देश छाडेर गए र भारत एक सार्वभौम राष्ट्र बन्यो । तर,  लामो समयपछि पनि पोर्चुगिजहरूले आफ्नो शक्ति हस्तान्तरण गर्न अस्वीकार गरि नै रहे ।

उन्नाइसौं शताब्दीमा विद्रोह र विद्रोहको आवाज चर्को हुँदै गयो तर गोवा मुक्ति आन्दोलनले देशमा जसरी आन्दोलन चलिरहेको थियो, त्यसरी गोवामा भने युरोपेली शक्तिलाई हटाउन एकजुट हुन भने सकिरहेको अवस्था थिएन । तर, तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूको नेतृत्वमा धेरै असफल वार्ताहरू पछि भारतले गोवालाई पनि बाँकी देशसँग गाभ्ने र यहाँको दशकौं लामो पोर्चुगल शासनको अन्त्य गर्ने निर्णय गर्‍यो ।

यहाँ पोर्चुगल शासन अन्त्य गर्न सैन्य हस्तक्षेप आवश्यक थियो भन्ने निर्णयमा भारत पुग्यो । र, १८ डिसेम्बर १९६१ मा भारतीय सेना, नौसेना र वायुसेनाले मिलेर पोर्चुगिजहरू बिरूद्द सशस्त्र कारबाही सुरू गरे, जसलाई ‘अपरेशन विजय’ भनियो ।

गोवामा पूरै अपरेशनमा सुरू हुदाँ ३ हजार ३०० पोर्चुगिज सिपाहीहरू मात्र थिए । अन्ततः पोर्चुगिजहरूले भारत सामु झुक्नु परेको थियो र अपदस्थ गभर्नर जनरल म्यानुएल एन्टोनियो भासालो–इ सिल्भाले आत्मसमर्पण गरे । १८ डिसेम्बरको साँझ ६ बजे सचिवालय अगाडिको पोर्चुगिज झण्डा हटाएर आत्मसमर्पणको सङ्केत दिन सेतो झण्डा फहराए ।

र, १९ डिसेम्बरको बिहान मेजर जनरल क्यान्डेथले सचिवालय अगाडि भारतीय राष्ट्रिय झण्डा फहराएका थिए । यस अपरेशनमा भारतका ७ नाविक जवान नाविक र अन्य शहीद भएका थिए । यस दिनलाई गोवा मुक्ति दिवसको रूपमा मनाइन्छ ।

भारतीय नौसेनाको आधिकारिक वेबसाइटका अनुसार, भारतीय नौसेना जहाज गोमन्तकमा रहेको युद्ध स्मारक ७ युवा बहादुर नाविक र अन्य कर्मचारीहरूको सम्झनामा निर्माण गरिएको छ, जसले १९ डिसेम्बर १९६१ मा भारतीय नौसेनाको ‘अपरेशन विजय’ मा आफ्नो जीवन बलिदान दिए । १९ डिसेम्बर वा गोवा मुक्ति दिवसको गोवा राज्यमा ठूलो महत्त्व छ र ठूलो उत्साहका साथ मनाइन्छ ।