काठमाण्डौ ११ फागुन । खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न पहिलाे अवसर सीएमसीलाई नै दिन चाहेको बताएकी छिन ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएकाे प्रश्नकाे जवाफ दिदै मन्त्री मगरले ठेक्का रद्द गरेर गएकाे इटालियन कम्पनी सीएमसी काममा फर्कन चाहान्छ भने उसलाई पहिलाे अवसर दिने यदी नआएमा नयाँ ठेक्काकाे प्रक्रियामा जाने बताइन ।
सांसदहरुले प्रश्नकाे जवाफमा मन्त्री मगरले मेलम्चीकाे निर्माणमा अनावश्यक अवराेध गरेकाले सचिव गजेन्द्र ठाकुरकाे सरुवा गरेकाे बताइन ।
मन्त्री मगरले केही सञ्चार माध्यमले १ अर्ब रुपैया कमिशन खाएकाे भनेर झुठो समाचार लेखेकाे बताइन । आफुले कहि कतै बाट पनि कमिशन नखाएकाे मन्त्री मगरकाे भनाई थियो । केही सञ्चार माध्यम आफु विरुद्द सुनियोजित रुपमा लागिरहेकाे मन्त्री मगरले बताइन ।



