काठमाडौं, १० फागुन : काठमाडौं गोकर्णेश्वर नगरपालिका ७ दक्षिणढोका सडकमा बसको ढोकामा च्यापिएर सहचालकको मृत्यु भएको छ ।
पार्किङ गरी राखेको बा४ख ९४०२ नम्बरको बसको हाईड्रोलिक ढोकामा च्यापिएर बसका सहचालकको मृत्यु भएको छ । सिन्धुली घर भई हाल दक्षिणढोका बस्ने १९ वर्षीय किरण घिमिरेको ढोकामा च्यापिएर मृत्यु भएको हो ।
ढोकामा घाँटी च्याँपिएको अवस्थामा घिमिरेलाई स्थानीयबासीले तत्काल उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगेका थिए र उनको उपचारको क्रममा मृत्यु भएको हो ।



