🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गाजातर्फ गइरहेको सहायता डुंगा इजरायली सेनाले रोक्यो

काठमाडौं । इजरायली सेनाले गाजा जाँदै गरेको मानवीय सहयोग बोकेको एउटा डुंगा रोकेको छ । जलवायु अभियन्ता ग्रेटा थुनबर्गसहितका अन्य कार्यकर्तालाई सोमबार बिहान नियन्त्रणमा लिएको छ ।

इजरायलले लामो समयदेखि लगाउँदै आएको गाजामाथिको नाकाबन्दी हाल हमाससँगको युद्धका कारण झन कडा बनाइएको छ । उक्त डुंगा गाजातर्फ इजरायलको सैन्य अभियान र मानवीय सहायता प्रवाहमा लगाइएको कडाइको विरोध स्वरूप पठाइएको थियो । दोस्रो विश्वयुद्धयताकै सबैभन्दा घातक र विनाशकारी युद्धहरूमध्ये गाजाको यो संघर्ष मानिएको छ । हाल गाजामा लगभग २० लाख प्यालेस्टिनीहरू भोकमरीको जोखिममा परेका छन् ।

उक्त यात्रा फ्रिडम फ्लोटिला कोअलिशनद्वारा आयोजना गरिएको हो । समूहले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इजरायली सेनाले सहायता पुर्‍याउन गइरहेका कार्यकर्ताहरूलाई अपहरण ग‍र्यो, जहाजलाई गैरकानुनी रूपमा नियन्त्रणमा लिइयो, निर्शस्त्र नागरिक चालक दललाई अपहरण गरियो, र जिवनरक्षक सामग्री—जसमा बच्चाका लागि दूध, खाद्यान्न र औषधि सामाग्रीहरू थिए, जफत गरियो ।’

तर, इजरायली विदेश मन्त्रालयले यो यात्रालाई प्रचारबाजीको प्रयासको रूपमा चित्रण गरेको छ । सामाजिक सञ्जाल एक्स मा पोस्ट गर्दै मन्त्रालयले लेखेको छ, ‘सेलिब्रिटीहरूको सेल्फी याट सुरक्षित रूपमा इजरायली तटतर्फ आइरहेको छ ।’

\"\"

मन्त्रालयले थप जनाएको छ कि यात्रुरुहरू आफ्ना देश फर्किनेछन् र जहाजमा रहेको सहायता सामग्रीलाई गाजामा स्थापित माध्यमबाट पठाइनेछ । पछि इजरायली सेनाले सुन्तला रङको लाइफ ज्याकेट लगाएका कार्यकर्ताहरूलाई स्यान्डविच र पानी वितरण गरिरहेको भिडियोसमेत सार्वजनिक गरेको छ ।