🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

के पाकिस्तानी पूर्व प्रधानमन्त्री खान जेलबाट छुटन लागेका हुन् ?

इस्लामवाद, २६ जेठ । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानलाई जुन ११ मा अल–कादिर ट्रस्ट मुद्दामा राहत मिल्न सक्ने दावी गरिएको छ ।

उनको पार्टीका शीर्ष नेताहरूले इस्लामाबाद उच्च अदालतले इमरान खान र उनकी पत्नी बुशरा बीबीको सजाय निलम्बन गर्ने याचिकाहरू त्यस दिन सुन्ने र उनीहरूलाई जमानत पाउने सम्भावना रहेको दावी गरेका हुन ।

७२ वर्षीय इमरान खान अगस्ट २०२३ देखि अदियाला जेलमा रहेका छन् र उनीविरुद्ध धेरै आपराधिक मुद्दाहरू विचाराधीन रहेका छन् । मुख्यगरी, अल–कादिर ट्रस्ट मुद्दा यी मामिलाहरूमध्ये सबैभन्दा उच्च प्रोफाइल हो, जसमा पूर्व प्रधानमन्त्री र उनकी पत्नीलाई भ्रष्टाचारको गम्भीर आरोप लगाइएको छ ।

पीटीआईका प्रख्यात वकिल र नेता गौहर अली खानले जुन ११ पार्टीका संस्थापक र उनकी पत्नीका लागि महत्त्वपूर्ण दिन साबित हुनसक्ने बताए । धरौटीमा रिहा हुनुको ठोस कारण नखुले पनि अदालतबाट अवश्य राहत पाउने विश्वास व्यक्त गरेका छन् ।

यो मुद्दा युनाइटेड किंगडमको राष्ट्रिय अपराध एजेन्सी (एनसीए) द्वारा सम्पत्ति व्यावसायी मलिक रियाजको परिवारबाट १९० मिलियन पाउन्डको रकमसँग सम्बन्धित रहेको छ । यो रकम पाकिस्तानको राष्ट्रिय कोषमा जम्मा गर्नुको सट्टा इमरान खानको सरकारले मलिक रियाजको कम्पनी बहरिया टाउनको दायित्वबाट समायोजन गरेको आरोप छ ।

यस तथाकथित सम्झौताको बदलामा मलिक रियाजले कराचीको बाहिरी भागमा सयौं एकड जमिन अल–कादिर ट्रस्टलाई दान दिएका थिए, जसका ट्रस्टीहरू इमरान खान र उनकी पत्नी बुशरा बीबी हुन् । जसका कारण, यस लेनदेनमा भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोप लगाइएको छ । 

राष्ट्रिय उत्तरदायित्व ब्यूरो (एनएबी) ले यस विषयमा अनुसन्धान गरिरहेको छ । यस अनुसन्धानका सम्बन्धमा अदालतमा निवेदन परेको छ, जसको सुनुवाई अब जुन ११ मा हुने भएको छ ।