🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सिटिजन्स बैंकका ग्राहकलाई हेल्थ ल्याबमा २० प्रतिशत छुट

बुधबार, जेष्ठ २१, २०८२ – काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पानीपोखरीस्थित लाईफ क्युइस्ट क्लिनिक ल्याब प्रा.लि.बीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई २० प्रतिशतसम्मको छुट प्रदान गरिनेछ ।

बैंकले यस्तो सहकार्यबाट ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ प्रवृत्त हुने विश्वास लिएको छ ।

सिटिजन्स बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न सुविधाहरू उपलब्ध गराउँदै आएको छ । छुट तथा अन्य योजनाबारे विस्तृत जानकारी बैंकको वेबसाइटमा प्राप्त गर्न सकिन्छ ।

हालै ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गरेको बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको थियो । यस्तै, मोबाइल एपबाट शेयर आवेदन, ऋण खाता सेवा, क्रस बैंक टेलर सुविधा पनि सञ्चालनमा ल्याएको छ ।

सिटिजन्स बैंकले हाल देशभर ६१ जिल्लामा २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित इकाइमार्फत १८ लाख ९८ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।