🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रियल म्याड्रिडको सानदार जित, एम्बाप्पे र बेलिङ्घमको गोलमा सेभिया पराजित

काठमाडौं । किलियन एम्बाप्पे र जुड बेलिङ्घमको निर्णायक प्रदर्शनमा रियल म्याड्रिडले ९ खेलाडीमा सीमित सेभियामाथि २–० को सहज जित निकालेको छ ।

सेभियाले पहिलो र दोस्रो हाफको सुरुवातमै लोइक बाडे र इसाक रोमेरोले रातो कार्ड पाएपछि नौं खेलाडीमा सीमित भए पनि लामो समयसम्म रियललाई रोकेको थियो । तर ला लिगाका शीर्ष स्कोरर एम्बाप्पेले ७५ औं मिनेटमा २९औं लिग गोल गरे । त्यसपछि ८७ औं मिनेटमा इंग्ल्याण्ड मिडफिल्डर बेलिङघमले परिवर्तित गोंजालो गार्सियाको पासमा हेडमार्फत गोल गर्दै जित सुनिश्चित गरे ।

रियलको ला लिगा उपाधि रक्षा गर्ने आशा बिहीबार समाप्त भएको थियो । जब बार्सिलोनाले एस्पानियोलमाथि २–० को जित निकाल्दै आफ्नो २८औं लिग उपाधि जितेकि थियो । जसले गर्दा कार्लो एन्चेलोट्टीले आफ्नो अन्तिम सिजनमा कुनै ठूला ट्रफी बिना नै टुंग्याउनु परेको थियो ।

सेभियाका लागि यो सिजन पनि रेलिगेसनबाट जोगिन संघर्षपूर्ण रह्यो । केही दिनअघि समर्थकहरूको ‘हिंसात्मक आक्रमण’ पछि खेलाडीहरूले ट्रेनिङ ग्राउन्डमै रात बिताएका थिए । तर मंगलबार लास पाल्मासमाथि १–० को जित निकाल्दै उनीहरूले शीर्ष डिभिजनमा आफ्नो स्थान सुरक्षित गरे । तर यो खेलमा भने सेभियाका समर्थकहरूका लागि निराशाजनक रात बन्न पुग्यो, जब खेलको १२ मिनेटभित्रै टोली १० खेलाडीमा झ¥यो ।

बेलिङघमको लब पासमा दौडिँदै एम्बाप्पेले गोलतर्फ प्रहार गर्न खोज्दा अन्तिम डिफेन्डर बाडेले उनलाई लडाएपछि सिधा रातो कार्ड पाए । कापारोसले दोस्रो हाफको सुरुवातमै रोमेरोलाई मैदानमा उतारे, तर उनले अरेलियन चुआमेनीमाथिको ट्याकलका लागि पहेंलो कार्ड पाएर केही सेकेन्डमै भारको निर्णयमा रातो कार्ड खाँदै मैदान छाडे ।