🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मच्छिन्द्रलाइ हराउँदै नेपाल पुलिस क्लब बिजयी

काठमाडौं । नेपाल पुलिस क्लब बिजयी हासिल गरेको छ । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु १६ युथ लिगमा सोमबार मछिन्द्र फुटबल क्लबविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको हो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा पुलिसलाई जित दिलाउन समीर राई र नसीब हेन्जनले गोल गरेका थिए भने मछिन्द्रका लागि सौगातकुमार बोम्जनले जवाफी गोल गरेका थिए ।

खेलको पहिलो हाफमा २४औं मिनेटमा सौगातको गोलमार्फत मछिन्द्रले अग्रता लिए पनि खेलको ४८औं मिनेटमा समीरले पुलिसका लागि बराबरी गोल फर्काएका थिए ।

साथै, नसीवले ५८औं मिनेटमा गोल गर्दा पुलिस २–१ ले अगाडि बढन सफल भयो । 

जितसँगै पुलिसले तीन खेलमा सात अंक जोडन सफल भएको छ भने पराजित  मछिन्द्रको समान खेलबाट ६ अंकमा सिमित रहेको छ।